जुम्ला बजारमा नियमित विजुली नआउँदा विद्यार्थी मारमा

गोल्डेन बुढा/जुम्लाः नियमित विजुली नआउदा जुम्लाका गाउँबाट बजारमा पढ्न आएका विद्यार्थी समस्यामा परेका छन । बजारमा कोठा भाडा लिएर ट्युसन पढ्नका लागी शहर केन्द्रित विद्यार्थीले रातिको समयमा विजुली नआउने भएपछि समस्यामा परेका हुन । साना जलविद्युत उपभोक्ता समितिले नियमति विद्युत सप्लाइ गर्न नसके पछी एसइइ, एघार, बाह्र र लोक सेवा आयोग तयारी गर्ने विद्यार्थी सवै भन्दा बढी मर्कामा परेको छात्रा निरासा आर्चायले जानकारी दिनुभयो ।

ट्युसन पढनका लागी घरवाट बजारमा कोठा भाडा तिरेर बस्ने विद्यार्थीहरुले खासै राम्रोसँग पढन नपाएको आचार्यको भनाइ छ । आफनो घर बजारमै भए पनी बक्ति नआएको दिन वैकल्पिकको रुपमा सोलार, टर्च र टुकिमारको जोहो गर्नु पर्ने बाध्यता रहेको विद्यार्थीहरुले गुनासो गरेका छन् । गाउँबाट पढ्नको लागि बजारमा भाडा लिएर पढ्न बसेका विद्यार्थीलाई समस्या भएको विद्यार्थीले बताएका छन् ।

दिउसको समयमा ट्युसन पढनमा समय वित्ने भन्दै विद्यार्थीले विहान र बेलुका भने खाना बनाउन समय बित्ने भएकाले रातीको समयमा भने लोडसेडिङ्गका कारण अध्ययनमा कठिनाइ भएको तातोपानी गाउँपालिका ७ ताम्तीका नमराज रावतले बताउनु भएको छ ।


हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like