क्लार्कको ट्विटः म भए सन्दिपलाई आईपिएलमा लिन्थें

काठमाडौं: अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आईपिएलको बोलकबोलमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् । 

 

Brilliant to see mate, if I was apart of a team I would pick him up quick smart. Wonderful talent and little champion👏👍🏏👌 https://twitter.com/timcutler/status/954950928032870401 

 
 

ट्वीट गर्दै क्लार्कले आफू आईपिएलको टीमको खेलाडी छनोट टोलीमा भएको भए नेपालका सन्दिप लामिछानेलाई अनुबन्ध गर्नेपनि बताएका छन् । उनले आईपिएलमा छनोट हुन सन्दिपलाई शुभकामना दिदैं वण्डरफूल लिटिल च्याम्पियन भनेका छन् । 

केही समय अघि सन्दिपलाई क्लार्कको क्रिकेट एकेडेमीले अष्ट्रेलियामा बलिङ प्रशिक्षण र केही खेलमा अवसर दिएको थियो । त्यसयता क्लार्कले सन्दिपलाई सँधै हौसला दिंदै आएका छन् । 

नेपालका लेग स्पिनर सन्दिप आईपिएल क्रिकेटको बोलकबोल अर्थात अक्सनका लागि छनोट भएपछि उनको चर्चा बढेको छ ।  

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like