शपथमा भाग लिन दीपक मनाङेलाई पनि पत्र

काठमाडौं:  मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे आइतबार हुने शपथ ग्रहणमा उपस्थित हुन्छन् कि हुँदैनन् ? पोखरामा ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहणको तयारी भैरहँदा धेरैले मनाङेलाई सम्झेका छन् । 

शपथ समारोहमा भाग लिन अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको छ । तर प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनलाई खोजीरहेको छ । शपथ समारोहमा जाँदा उनलाई प्रहरीले पक्राउ गर्न सक्छ । त्यसैले प्रहरीले खोजी गरेदेखि नै फरार रहेका मनाङे शपथ लिन नजाने सम्भावना छ ।

ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्च अदातलले सदर गरेपछि शपथ लिएर संसदमा पस्ने बेला मनाङेले ५ वर्ष जेल सजाय भोग्नुपर्ने अवस्था आएको छ ।

सर्वोच्चको आदेशसँगै सपथ नै नलिई मनाङेको पद स्वतः निलम्बनमा परिसकेको छ । तर निर्वाचन आयोगले यस’bout निर्णय नगरेकाले अरु सांसदलाई जस्तै उनलाई पनि शपथमा भाग लिन पत्र पठाइएको हो ।

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

सर्वोच्चले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलसहितलाई दीपक मनाङेको समूहले खुकुरी प्रहार गरेको घटनामा यस्तो फैसला गरेको हो । चक्रे मिलनसहितलाई बागबजारमा खुकुरी हानेको घटनामा प्रहरीले मनाङेसहितविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाएको थियो ।

संविधानमा नैतिक पतन भएका फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिले सांसद बन्न नपाउने व्यवस्था छ । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like