वैज्ञानिकले पत्ता लगाए मृत्युको भविष्यवाणी गर्ने प्रविधि ‘भिडियो रिपोर्ट’

एजेन्सी । आफ्नो मृत्यु कहिले हुन्छ ? कसैलाई थाहा हुँदैन । मृत्युको ठ्याक्कै भविष्यवाणी गर्ने विधि दुनियामा अहिलेसम्म विकास भएको छैन । तर अमेरिकी वैज्ञानिकहरुले भने मृत्युको भविष्यवाणी गर्ने प्रविधिको विकास गरेका छन् ।क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेको दाबी गरेका छन् जसले कुनैप्नि मानिसको मृत्यु कहिले हुन्छ ? भनेर ९० प्रतिशत सम्म सही भविष्यावाणी गर्न सकदछ ।

शोधकर्ताहरुका अनुसार यस आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले कुनैपनि बिरामीको अन्तिम समयलाई पहिले भन्दै धेरै उत्तम बनाउन सकिनेछ ।मानिसको मृत्यु कहिले हुन्छ भन्ने थाहा नहुँदा कुनैपनि बिरामीले अन्तिम समयमा जुन प्रकारको जिवन जिउन चाहेको हुन्छ, त्यो पाउँदैन ।

शोधकर्ताहरुका अनुसार ८० प्रतिशत अमेरिकीले आफ्नो जिवनको अन्तिम पल परिवारका साथमा घरमै बिताउन चाहन्छन् र घरमै मर्न चाहन्छन् । जबकी ६० प्रतिशत मानिसको मृत्यु अस्पतालमै भैरहेको हुन्छ ।स्टानफोर्ड विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका विद्यावारिधी शोधार्थी आनन्द अवतीका अनुसार स्टानफोर्ड अस्पताल तथा लुसिल प्याकार्ड बाल अस्पतालबाट झण्डै २० लाख बिरामीको स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरियो । जसमा बच्चा तथा पाका मानिसहरु सम्मै सामेल थिए ।

उक्त डाटाको माध्यमबाट डिप नेचुरल नेटवर्क तयार पारियो । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले कुन बिरामीको ३ देखि १२ महिना भित्रमा मृत्यु हुनेवाला छ भन्न अनुमान लगाइयो ।

शोधकर्ताका अनुसार उनीहरुले यस्तो मोडेल बनाउन सफल भएका छन् जसको सहायताले कुनैपनि प्रकारबाट हुने मृत्युको कारण पत्ता लगाउन सकिन्छ । साथै मृत्यु हुनुअघि कुनैपनि बिरामीको स्याहार सुसार कसरी गर्न सकिन्छ भन्ने कुरा पनि बताउन सकिनछ । एजेन्सीको सहयोगमा थप जानाकरीको लागि यहाँ हेर्नुहोस …

भिडियो रिपोर्ट यहाँ हेर्नुहोस

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like