छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता घोषणा गर्यो


गमगढीः
जिल्लाको एक मात्र नगरपालिकाका रुपमा रहेको छायाँनाथ रारा नगरपालिकाले प्रारम्भिक बाल बिकास कक्षाका शिक्षीकाहरुको मनोबल उच्च बनाउन भन्दै प्रोत्साहन भत्ताको आज औपचारिक रुपमा घोषणा गरेको छ ।

नगरपालिकामा आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले प्रारम्भिक बाल बिकास कक्षामा कार्यरत शिक्षक शिक्षिकाहरुको तलब निकै कम भएकाले बालबालिकाको अध्यापनमा अझ प्रेरित गर्न भन्दै अब बाल बिकास पढाउने शिक्षक शिक्षीकाहरुको मासिक ५ हजारका दरले तलब भत्ता बृद्धि गरेको घोषणा गरेको हो ।

शिक्षाको शुरुवात बालबालिकाहरुबाटै मजबुद हुनपर्ने भन्दा बालबालिकाको पढाइको स्तर उकास्न समेत भत्ता बृद्धि गरिएको नगरपालिकाका मेयर हरिजगं शाहीले जानकारी दिनभयो । यो घोषणा माघ १ गतेबाट लागु हुने नगरपालिकाले जनाएको छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like