नेविसंघको सरकारलाई दबाब र्‍याली

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने भएको छ । सवै नियमित विद्यार्थीलाई निशुल्क स्वाथ्य विमा गर्नुपर्ने, शैक्षिक  प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गर्नुपर्ने शैक्षिक सस्थामा इ–लाइव्रेरी खोल्नुपर्ने, सवै स्थानीय तहमा कम्तिमा एउटा सरकारी प्राविधिक विद्यालय हुनुपर्ने र देशभर हरेक वडामा  सरकारी  लगानीमा कम्तिमा २/२ वटा प्रारम्भिक बालबिकास केन्द्र स्थापना गर्नुपर्ने, बेरोजगार युवालाई भत्ताको व्यवस्था गर्नुपर्ने लगायत माग पूरा गर्न सरकालाई दबाब दिन काठमाडौंमा र्याली आयोजना गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

दबाब र्‍याली दिउँसो १ बजे विश्वभाषा क्याम्पसबाट सुरु हुने उहाँले बताउनुभयो ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like