‘शोखले गीत गाएँ, आश्चर्य तिनै हिट भइदिए’


रामेछाप जिल्लाको खाँडादेवी–३ भिरपानीमा जन्मेका गायक तथा मोडेल गुणराज श्रेष्ठ छोटो अवधिमै आफ्नो पहिचान बनाउन सफल भएका छन् । थोरै गीत बजारमा आउँदा नै श्रेष्ठले चर्चा कमाए । सानैदेखि गाउन र नाच्न रुची भएका श्रेष्ठसँग कलाकारिताको विषयमा प्रताप ओलीले गरेको कुराकानीः

  • तपाई संगित क्षेत्रमा कसरी जोडिनुभयो ?
    म सानैदेखि गीत सुन्थेँ । गाउन र नाच्न भनेपछि भोक पनि लाग्दैनथियो । गाउँमा र स्कूलस्तरीय कार्यक्रममा गाउने र नाच्ने गर्थेँ । मेरो गायनलाई सवैले मन पराए । मलाई थप हौसला मिल्यो । भविश्यमा सफल गायक बन्छु, मोडलिङ गर्छु भन्ने सोच आयो । आफूलाई सोही अनुसार अगाडि बढाउँदै लगेँ ।
  • तपाईको पहिलो गीत कुन हो ? 
    मैले पहिलो पटक रेकर्ड गरेको गीत ‘निष्ठुरीले मान्दै मानिन’ हो । २०७३ बैशाखतिर बजारमा आएको यो गीत चर्चित पनि भयो । त्यो गीत मैले र मेलिना राईले गाएका हौँ ।
  • पहिलो गीत नै चर्चामा आउनुको कारण के जस्तो लाग्छ ?
    त्यो गीतमा शब्द, संगित नै सायद स्रोतापरक थियो । मायामा परेका विशेषगरी युवापुस्तालाई मनपर्ने खालको गीत थियो । एकजना प्रेममा परेका सैनिक जवानले आत्महत्या गरेपछि यो गीतले धेरै चर्चा पायो ।
  • अहिलेसम्म बजारमा कति वटा गीत ल्याउनुभयो ?
    मैले खासै धेरै गीत गाएको छैन । अहिलेसम्म २ वटा भिडियो र ४ वटा अडियो गित मात्र बजारमा ल्याएको छु ।
  • आउने तयारीमा रहेका गीतहरु चाहिँ कुन–कुन हुन् ?
    गीत तयार छन, भिडियोका कारण बजारमा आउन केही ढिला भएको हो । हल्ला धेरै भो, तिमीलाई पाउन नि, पिरतीमा जित हुन्न हार हुन्न र भेट त भईहाल्यो गीत बजारमा आउने तयारीमा छन् ।
  • स्टेज कार्यक्रम र साँस्कृतिक कार्यक्रमहरुमा कत्तिको अफर आइरहेको छ ?
    अफर त धेरै नै आउँछन । बोलाएका ठाउँमा पनि जान भ्याइन्न । अहिले गीतको भिडियो बनाउने काममा व्यस्त भएकाले त्यस्ता कार्यक्रममा जान फुर्सद मिलेको छैन ।
  • स्टेजमा बढी माग गरिएको गीत कुन हो ?
    अहिले भिडियो गर्दै गरेको गीत हल्ला धेरै भो को माग बढी हुने गरेको छ । त्यो गित रोमान्टिक खालको छ । अन्य गीत एक्लै सुन्दा आनन्द आउने खालका छन भने यो गीत चाहिँ सामूहमा गाउन र नाच्न मन लाग्ने खालको छ ।
  • तपाईँलाई अरुको गीतको अफर चाहिँ कतिको आउँछ ?
    अफर त आउँछन । तर भिडियो र क्लासले गर्दा भ्याएको छैन ।
  • तपाईले अहिलेसम्म नसिकेरै गीत गाउनुभएको हो ?
    पक्कै पनि मैले शोखको लागि गीत गाएँ । आश्चर्यको तिनै गीत हिट भइदिए । मनोजराज र अन्जु पन्तसँग डेढ वर्षदेखि क्लास लिइरहेको छु ।
  • सिक्दै जाँदा आफुमा के कमजोरी पाउनुभयो ?
    जव म म्युजिक क्लास लिन थालेँ तव आफ्नो कमजोरीहरु महसुुस हुन थाल्यो । गीतको अर्थ नबुझी गाउने कस्तो गायक भनेर आफैँले आफैँलाई प्रश्न पनि गरेँ । धेरै कुरा सिक्न बाँकी रहेछ, गड गिफ्टेड भएर चर्चा कमाउनुमात्र ठूलो कुरा होइन रहेछ भन्ने लाग्यो । संगित नसिकी गाउनु उचित नहुने रहेछ । स्वर कसरी घुमाउने, टाईमिङ, आवाज निखार्ने जस्ता कुरा त संगित कक्षा नलिइ ख्यालै नहुने रहेछ ।
  • तपाईले केही दिन अगाडि अवार्ड पनि थाप्नुभयो, कुन कम्पनीले के आधारमा अवार्ड दियो ?
    मैले छोटो समयमै अवार्ड हात पार्न सफल भए । अवार्ड पाउँदा एकदम भाग्यशाली महसुस भएको छ । ‘निष्ठुरीले मान्दै मानिन’ गीतकै कारण अवार्ड पाएको हुँ । ओएस कम्पनीले वेष्ट आधुनिक गीत मोडलको रुपमा मलाई अवार्ड दिएको हो । बिन्ध्यबासीनी म्युजिक कम्पनीले पनि आठांैं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७४ नव प्रतिभा (नव गायक) पप तथा सुगम संगित विधामा अवार्ड प्रदान गरेको थियो ।
  • अवार्ड हातमा पर्दा कस्तो फिलिङ भयो ?
    मैले गाएका हरेक गित दर्शक, श्रोताले यति धेरै मन पराइदिनुभयो । जसको कारण मैले अवार्ड जितेँ । म त्यसको सधैं ऋणी छु । आगामी दिनमा दर्शक श्रोताको माग अनुसार गीत बजारमा ल्याउने सोच आयो ।
  • तपाई गीतसंगितमा मात्रै लाग्नुभएको छ कि अन्य पेशा व्यवसायमा पनि छ ?
    केही समय अगाडि मात्रै काठमाडौंको सामाखुसीमा एभरेष्ट फुडल्याण्ड एण्ड तन्दुरी रेष्टुरेण्ट विथ गजल नामक रेष्टुरेण्ट खोलेको छु । त्यहाँ सांगितिक माहोलका साथ खाने र आराम गर्ने व्यवस्था छ ।
  • कलाकारिताबाट जीवन धान्न नसकिने भएर व्यवसायमा लाग्नुभएको हो ?
    म पहिलेदेखि नै सानोतिनो व्यापारी पनि हुँ । कलाकारितालाई थप अगाडि बढाउन व्यवसायले मद्धत गर्छ भन्ने मेरो मान्यता हो । फेरि कलाकारिताबाट मात्रै जीवन धान्न पनि त गाह्रो छ ।
  • कलाकारिता क्षेत्रमा कमजोरी के देख्नुभएको छ ?
    नेपालमा संगितसम्बन्धि नियम छैन । अन्य देशमा कलाकारको धेरै महत्व हुन्छ, नेपालमा त्यस्तो अवस्था छैन । कलामार्फत सवैले मनोरञ्जन लिन्छन तर कलाकारको पीडा बुझ्ने कसले ? गीतको रोयल्टी पाउने अवस्था पनि अझै छैन । सरकारले मिडिया, कम्पनी, सामाजिक सञ्जाल जहाँबाट गीत बजेपनि रोयल्टी उठाइदिएको भए सायद आज कलाकार अरु पेशाव्यवसायमा लाग्नुपर्ने थिएन ।
  • आगामी दिनका योजना के छन् ?
    राम्रो गायक र मोडल बन्ने नै मुख्य योजना हो । बजारमा सार्वजनिक नभएका अडियो गीतहरुको भिडियो सकाउने तयारीमा छु ।
  • संगित क्षेत्रमा लागिरहँदा धेरै खुःसी र धेरै दुःखी भएका क्षण छन् ?
    म सबैभन्दा खुःसी अवार्ड हातमा लिदाँ भएको थिएँ । र दुःखी पनि अवार्ड लिँदा नै भएँ । कारण सबै सहकर्मीका आफन्तले ताली बजाए, खुसी साटे । तर म सानैदेखि एक्लो थिएँ । त्यहाँ पनि एक्लो भएको महसुस गरेँ । अवार्ड त जितेँ तर जितेको खुःसी साट्ने आफन्त नै पाइनँ ।
  • खुःसी साट्ने व्यक्ति भेट्नुभएको छैन् ?
    कथा लामो छ, भनिसाध्य छैन । छोटकरीमा भन्दा प्रेम वियोगमा पनि छु । अहिले उसले सारा सपना लुटेपछि कसैसँग गहिरो सम्बन्ध गाँस्न मन लाग्दैन र समय पनि छैन ।
  • घरपरिवारमा को–को हुनुहुन्छ ?
    रामेछापमा आमाबुबा मात्र हुनुहुन्छ । दिदी बिहे गरेर जानुभो । म काठमाडौँमा छु ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like