‘मिस्टर झोले’, ले पाँच दिनमा कति कमायो ?

काठमाडौं । नेपाली फिल्म बजार पछिल्ला महिना व्यावसायिक रुपमा खासै अघि नबढिरहेका बेला गत शुक्रबारदेखि लागेको ‘मिस्टर झोले’ले भने राम्रो व्यापार गरेको छ।

‘मिस्टर झोले’को कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै फिल्मका वितरक गोविन्द शाहीले ५ दिनको व्यापार सुखद रहेको बताए।

फिल्मले पाँच दिनमा २ करोड २२ लाख कमाएको शाहीले जानकारी दिए। पहिलो दुई दिनमा फिल्मले १ करोड १० लाखको व्यापार गरेको थियो।

बिहिबारको कलेक्सन अहिलेसम्म आइनसकेको भन्दै शाहीले फिल्म मुनाफा उन्मुख रहेको बताए।

फिल्मको प्रदर्शनको छैटौं दिनसम्म आइपुग्दा दर्शक चाप उत्तिकै रहेको निर्माता टेकेन खड्का बताउँछन्।

दयाहाङ राई, दिया पुन, वर्षा राउत, बुद्धि तामाङ लगायत कलाकारको मुख्य अभिनय रहेको ‘मिस्टर झोले’मा गाउँका बेरोजगार युवाहरुको विषय उठाइएको छ।

फिल्म रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको हो।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like