देउती बज्यै मन्दिर दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र सुर्खेत आउँदै

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह देउती बज्यै मन्दिर दर्शनका बुधबार सुर्खेत आउँदै हुनुहुन्छ । पूर्वराजा शाहले मध्यपश्चिम क्षेत्रकै प्रशिद्ध देउती बज्यै मन्दिरमा बिहान साढे १० बजेदेखि ११ बजेम्म पूजाआजा गर्ने कार्यक्रम रहेको वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरीले जानकारी दिनुभयो ।

मन्दिरको दर्शनपछि दिउसो सुर्खेतका नागरिकलाई भेटेर पूर्वराजा शाह फर्किने कार्यक्रम रहेको छ । पूर्वराजालाई देउती बज्यै मन्दिर जाने मूल गेट पिपिराचोकबाटै मन्दिरद्वारसम्म फूलमालासहित स्वागत गर्ने कार्यक्रम पनि रहेको उहाँले उल्लेख गर्नुभयो ।

सुर्खेतमा पूर्वराजा शाहको स्वागतका लागि प्राध्यापक बलभद्र भारतीको संयोजकत्वमा ६ सय ५१ सदस्यिय स्वागत समिति पनि गठन गरिएको छ ।

समितिमा पूर्व राष्ट्रिय पञ्चायत सदस्य घनश्याम गिरी, पूर्व जिविस सभापतिहरु मोतिप्रसाद सापकोटा, ओमबहादुर जिसी, वसन्त थापा, पूर्व जिविस उपसभापति तुलाराम गिरी, वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरी र पूर्व प्रधानपञ्च मानबहादुर खड्कासमेत सदस्य रहनु भएको छ ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like