मुगुमा भुकम्प सुरक्षा दिवस यस्तो !


शुशिल भियाल

गमगढीः २० औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मंगलबार मुगु सहित देशभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसका अवसरमा मुगु सदरमुकाम गमगढी सहित अन्य ग्रामिण क्षेत्रमा पनी बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सदरमुकाममा जिल्ला दैवि प्रकोप उद्धार समिती तथा अन्य निकायको आयोजनामा प्रभातफेरी तथा कोण सभाको आयोजना गरिएको थियो ।

मंगलबार बिहान सदरमुकाममा निकालिएको प्रभातफेरी ¥याली गमगढीका बिभिन्न क्षेत्रहरु परिक्रमा गरि जिल्ला समन्वय समितीको सभाहलमा पुगी कोण सभामा परिणत भएको थियो । जिल्ला दैवि प्रकोप उद्धार समिती सहित जिल्ला समन्वय समिती, नेपाल रेडक्रस सोसाईटी मुगु शाखा, पेश नेपाल मुगु र आरआरएन मुगुको आयोजनामा गरिएको पभातफेरी कार्यक्रममा जिल्ला स्तरका बिभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कोणसभा कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजगं शाहीले भुकम्पिय सुरक्षाका लागी स्थानिय बासिन्दा सहित सरोकारवालाहरु बेलैमा चनाखो हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला दैवि प्रकोप उद्धार समितीका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसी, जिल्ला समन्वय समितीकी उपप्रमुख कर्णशिला मल्ल सहितका व्यक्तिहरुले पनी भुकम्पिय सुरक्षाका बिषयमा जोड दिनुभएको थियो ।

१९९० सालमा गएको भुकम्पले ठुलो क्षति व्यहोरेको थियो । सोही सम्झनामा नेपालमा भुकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । यसैबिच, दिवसकै अवसरमा आज जिल्लाको खत्याड गाउँपालिकामा पनी प्रभातफेरी तथा देउडागित प्रतियोगिता समेत सकिएको छ ।

पेश नेपालको आयोजनामा खत्याड गाउँपालिकाको वडा नम्बर २ मा पर्ने जामबजारमा कार्यक्रमको आयोजना गरिएको पेश नेपाल मुगुका जिल्ला संयोजक नारद रेग्मीले जानकारी दिनुभएको छ ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like