अछामबाट चोरीका २२ वटा घोडा प्रहरीको नियन्त्रणमा

अछाम । अछामको तुर्माखाँद गाउँपालिकाको भैरवस्थानबाट चोरी गरी ल्याएको घोडा प्रहरीले नियन्त्रणमा लिएको छ । भैरबस्थान प्रहरी चौकीले २२ वटा घोडा र घोडा चोर्ने व्यक्ति नियन्त्रणमा लिएको जनाएको छ ।

कैलालीको बलियाबाट अछामतर्फ ल्याउँदै गर्ने हुम्लाको अलानचुलि गाउँपालिका ४ का धर्मराज संज्याललाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए । संज्यालले कैलालीको सुगरखाल हुँदै ल्याउन लागेका साना ठूला २२ वटा घोडा भैरवस्थानमा राखिएको छ ।

घोडा नियन्त्रणपछि संज्यालाई सोधपुछ गर्दा चोरी गरेर ल्याएको पुष्टि भएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।घोडा मालिकलाई पत्ता लगाएर सम्बन्धित घोडा मालिकहरुलाई बोलाई २२ वटै घोडा र्फिता गरिने प्रहरी प्रमुख न्यौपानेले जानकारी दिए ।

घोडा चोरी गर्ने व्यक्ति र घोडा सहित अछाम भैरबस्थान प्रहरी चौकीबाट प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय लम्की कैलालीलाई बुझाउने तयारी भैरहेको अछामका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

 

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like