बार्सिलोनाका डेम्बेले फेरि मैदान बाहिर


विश्वका तेस्रो महंगा फुटबल खेलाडी उसमान डेम्बेले फेरि एक महिना मैदान बाहिर रहने भएका छन् । यहि सिजन बोरुसिया डर्टमुण्डबाट ९६.८ मिलियन पाउण्डमा बार्सिलोना आएका डेम्बेले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति रियल सोसिडाडसँगको खेलको क्रममा चोटग्रस्त भएपछि एक महिना मैदान बाहिर रहने भएका हुन् ।


खुट्टाको घुँडा भन्दा माथिको भागको चोटका कारण डेम्बेले फेरि मैदान बाहिर रहने भएका हुन् । उनी यहि समस्याका कारण मैदान बाहिर रहेर मैदान फर्किएको खेलमा नै चोटग्रस्त भएका हुन् । डेम्बेलेले अहिलेसम्म बार्सिलोनाबाट सात खेल खेलेका डेम्बेले गएको सेप्टेम्बरमा बार्सिलोनाबाट तेस्रो खेल खेल्ने क्रममै चोटग्रस्त भएका थिए ।

त्यसपछि उनको शल्यक्रिया गर्नु परेको थियो । अहिले पनि बायाँ खुट्टामै चोट लागेको हो । तर यसले शल्यक्रिया गरिएको ठाउँमा असर नगरेको बार्सिलोनाले जनाएको छ । डेम्बेले तीनदेखि चार हप्तासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ । 

 

 

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like