सुदूरपश्चिममा आज नरहरि संक्रान्ति मनाईँदै

बैतडी  । बैतडी लगायत सुदूरपश्चिमका जिल्लामा सोमबार नरहरि संक्रान्तिको रुपमा माघे संक्रान्ति पर्व मनाईंदैछ । नरहरि संक्रान्तिको अघिल्लो दिन मिठोमसिनो खाने चलन छ ।

आइतबार राति खास गरेर चामलको पिठोबाट माडा र सेलरोटी पकाइएको छ । माघको महिना धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पण्डित विष्णुदत्त पन्तले बताउनुभयो । नर भनेको मानिस हरि भगवानमा लिन हुनु अथवा उपासाना गर्ने महिनाको सुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरि भनिएको उहाँले बताउनुभयो ।

यो दिन तरुल लगायतका खानेकुरा खाने गर्दछन् । राति पकाएको माडा सबैभन्दा पहिला कागका लागि छुट्याइन्छ अनि मात्र घरपरिवारका सदस्यले खाने गर्दछन् । कागका लागि छुट्याएको माडा सोमबार बिहानै नुवाईधुवाई गरेर कागलाई बोलाएर खुवाउने चलन छ । नरहरि संक्रान्तिमा चेलीहरु माइत जाने चलन समेत छ । 

साभारः Image result for ujyaaloonline

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like