पार्टी एकता: ‘शंका गर्नुपर्ने ठाउँ नभएको एमाले माओवादीको निष्कर्ष’

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुले पार्टी एकता’bout छलफल गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा झण्डै ४ घण्टा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकता’bout छलफल भएको हो ।

बैठकपछि एमाले नेता बामदेव गौतमले पार्टी एकताका ’bout गम्भिरतापूर्वक छलफल भएको र एकता’bout नकारात्मक सोच्नुपर्ने कारण नभएको निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

स्वास्थ्य उपचारका लागि भोली बैकक जाने एमाले अध्यक्ष केपी शर्मा ओली एक हप्तापछि  नेपाल फर्किएपछि थप छलफल अघि बढाउने सहमति पनि बैठकमा भएको छ । आजको बैठकमा पार्टी एकताका लागि बैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने भनिएपनि कार्यदल गठन नगरिएको नेताहरुले जानकारी दिएका छन् ।

बैठकले राष्ट्रिय सभा गठन प्रतिनिधिसभाको पुर्णता प्रदेशसभा र प्रदेश सरकार गठन लागतय विषय मिलाउन एमाले नेता सुवासचन्द्र नेम्बाङको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा एमालेबाट नेम्बाङ्ग सहित सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादीका बर्षमान पुन र रामबहादुर थापा रहेको नेता गौतमले जानकारी दिनुभयो ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली सहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र इश्वर पोखरेल तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य हुनुहुन्छ । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like