श्रीमती खोज्न पत्रकार सम्मेलन, सबैले सेयर गरी खोजिदिनुहोला !

नगदसहित श्रीमती बेपत्ता भएपछि एक जना बिच्चलीमा परेका छन् ।

बूढीगंगा–२ का, गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले तीन लाख रुपैयाँ र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराउनुभएको हो ।

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उहाँले बताउनुभयो ।

बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरी समेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उहाँले बताउनुभयो ।

गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एकजनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिनुभयो ।

 

 

                                                Ujyaalo

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like