वान टु वान बार्तामा प्रचण्डले केपी ओलीलाइ यस्तो प्रश्न किन गरे ?

काठमाडौं– ‘मेरो बारम्बारको प्रतिबद्धताप्रति प्रश्न किन उठिरहेछ?’ आइतबार बेलुकी ओली निवास बालकोटमा भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोधे।

ओलीले प्रतिप्रश्न गरिहाले, ‘कस्तो प्रश्न?’

‘म वाम गठबन्धन भत्काउँदै छु भन्ने प्रश्न,’ प्रचण्डले भने।

‘तपाईं र म जहाँ भए पनि हामीबीच दिनमा कम्तीमा पनि तीन पटक फोनमा कुरा हुन्छ। तर पत्रिकामा वाम गठबन्धन टुटिसके जस्तो गरी समाचार आउँछ। यद्यपि मलाई तपाईप्रति पूर्ण विश्वास छ,’ ओलीले थपे।

‘अनलाइनमा आउने समाचार तपाईंले कम पढ्नुहुन्छ सायद। तपाईं निकटका व्यक्तिहरुले दिएका अभिव्यक्ति नकारात्मक छैनन् र? एकता खल्बल्याउने खालका छैनन्?’

‘ए, ईश्वरजी (महासचिव ईश्वर पोखरेल) को कुरा गर्नुभएको? उहाँको आकांक्षा आफ्नो ठाउँमा होला। तर पार्टी कसैको व्यक्तिगत आकांक्षा अनुसार चल्दैन। म प्रधानमन्त्री हुँदा तपाई पार्टी अध्यक्ष बन्नुस् वा एकता महाअधिवेशन संयोजन समितिको अध्यक्ष। मबाट कहिल्यै कसैलाई अर्घेल्याईं भएको छैन।’

त्यसपछि प्रचण्डले भने, ‘बजारमा धेरै किसिमका हल्ला चले। त्यसलाई चिर्न पनि म जहाज नपर्खी गाडीबाट फर्कें। र, अहिले तपाईंलाई भेट्न आइपुगेँ। यो गठबन्धन भत्किनु भनेको प्रतिक्रियावादीको जित हुनेछ।’

(प्रचण्ड आइतबार ओलीलाई भेट्नकै लागि जहाज नपर्खी स्थलमार्गबाट काठमाडौं आएका थिए।)

‘मैले यी सबै कुरा बुझेको छु। मसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने माधवजी (पूर्व एमाले महासचिव तथा प्रधानमन्त्री माधवकुमार नेपाल) समेत तपाईंप्रति सकारात्मक नै हुनुहुन्छ। मेरा सीमितता’bout तपाईं जानकार नै हुनुहुन्छ। खासगरी मेरो स्वास्थ्य’bout। तर हाम्रो एकता हाम्रा व्यक्तिगत स्वार्थकेन्द्रित हुने छैनन्। समय कम छ, धेरै गरेर देखाउनुछ,’ ओलीले भने।

प्रचण्ड केही बोल्न खोज्दै थिए तर ओलीले नै थपे, ‘तपाईं नै प्रधानमन्त्री बन्दा पनि मलाई फरक पर्दैन। क्रान्ति धेरै गरियो, अब भावी पुस्तालाई योगदान हुने गरी केही गरौं भन्ने मेरो चाहना हो। तपाईं र म फरक रहैनौं अब। हामी एक भइसक्यौं, हैन र? वाम एकता कसैले तोड्न सक्दैन। यो कुरामा तपाई र म दृढ भइसकेपछि अरुले के भन्छन्, परवाह नगर्नु।’

यी संवादका बीच ओलीले आफूनिकट केही नेताहरुप्रति पनि तिक्तता पोखे। महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायतको नाम नै लिएर उनले भने, ‘उहाँहरुलाई आफ्नो व्यक्तिगत भविष्यको चिन्ता छ, हामी देशको लागि सोचिरहेका छौ। हैन र? हामी मिलिसकेपछि बाँकी कुरा आफै मिल्छ।’

करिब डेढ घन्टा लामो छलफलमा ओली र प्रचण्डको एउटै निष्कर्ष थियो– वाम एकता प्रक्रिया जसरी पनि टुंगोमा पुग्नुपर्छ।

एमाले अध्यक्ष ओलीसँगको भेट’bout गरिएको प्रश्नमा सोमबार बिहान प्रचण्डले भने, ‘मेरो सार्वजनिक छवि धमिल्याउन खोज्ने’bout ओलीजी मभन्दा बढी चिन्तित देखिनुभयो। भेटको सार्थकता यही रह्यो।’

तपाईंलाई कांग्रेसले पाँच वर्षका लागि प्रधानमन्त्रीको ‘अफर’ गरेको छ भन्ने चर्चा छ र तपाईंको अस्थिर व्यवहार हेर्दा त्यो पनि असम्भव छैन होला नि? भन्ने दोस्रो प्रश्नको उत्तरमा प्रचण्डले भने, ‘मेरो सत्ता त्यागको इतिहास तपाईंले बिर्सेंझैं लाग्यो। म स्थिर भएको भएको भए परिस्थिति फरक हुन्थ्यो।’

प्रचण्डले ओलीसँगको भेटको सबै कुरा बताउन चाहेनन्। तर उनले यतिचाहिँ स्पष्ट भने, ‘वाम गठबन्धन तपाईंले सोचेजस्तो कमजोर छैन।’

अब कसरी होला त दुई दलबीचको समायोजन?

दुवै पार्टीको दोस्रो तहबाट आउने प्रतिक्रिया सही जवाफ हुने छैन। किनकि ओली र प्रचण्डको ‘केमिस्ट्री’ यति मिलिसकेको छ कि तत्काल यो गठबन्धन तोड्ने दुस्साहस कसैले नगरे हुन्छ।

दुई अध्यक्षबीच के कुराकानी भयो, त्यो उनीहरुबीच नै सीमित छ। ओली पनि आफूनिकट केही नेताले सार्वजनिक सञ्चारमाध्यममा दिएका अभिव्यक्तिप्रति सन्तुष्ट छैनन्।

‘नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदै गर्दा पनि विभिन्न शंका उत्पन्न गराउने प्रयास गरिँदैछ भने वाम एकता भाँड्न कति दुस्प्रयास भयो होला!’ सोमबार बिहान छोटो कुरा गर्दै एमाले अध्यक्ष ओलीले भने।

दुवै अध्यक्षको निष्कर्ष छ, उत्तराधिकारी भन्न रुचाउने र बन्न चाहनेले आवश्यकताभन्दा बढी चलखेल गरिरहेका छन्।

 

 

                                                Ujyaalo

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like