अनसन स्थलबाटै डा.गोविन्द केसी पक्राउ (पत्रसहित)

काठमाडौं: डाक्टर गोबिन्द केसी  सोमबार साँझ पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेश लगत्तै प्रहरीले डा केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो।

सर्वोच्चले केसीले सर्वोच्च अदालतको मानहानी गरेको भन्दै उनलाई पक्राउ गरेर मंगलवार ९ बजे अदालत उपस्थित गराउन आदेश दिएको थियो । आइतबार सर्वोच्च अदालतले ४ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन शास्त्रको डिनमा नियुक्त भएका शशी शर्मालाई पुनरबहाली गर्ने फैसला सुनाएको थियो ।
    

शर्मालाई पुर्नरबहाली गर्ने फैसला सुनाएपछि केसीले  सर्वोच्च अदालतका प्रधानमन्यायधीश गोपाल पराजुली विरुद्धअनसन सुरु गरेका थिए ।चिकित्सा क्षेत्रलाई सुधार गर्न माग गर्दै केसी अनसन बस्दै आएका छन् । डा केसीको कदमले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ


हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like