अमेरिकी राष्ट्रपतिका चर्चित रासलिला

अमेरिका साथै दुनियाँको इतिहासकै सबैभन्दा ठूलो काण्डले सन् २०१८ मा २० वर्ष पूरा गरेको छ । उक्त काण्ड अमेरिकी राष्ट्रपति बिल क्लिनटनको निजी जीवनसँग सम्बन्धित छ ।

सन् १९९८ को जनवरीमा ४९ वर्षीय अमेरिकी राष्ट्रपति बिल क्लिनटन र मोनिका लेविन्सकीको नाजायज सम्बन्ध’boutको खबरले विश्वमै तहल्का पिटेको थियो ।

त्यस समय मोनिका लेविन्सकीको उमेर २२ वर्षको थियो र उनी त्यससमय बिल क्लिनटनको राष्ट्रपति कार्यलय ह्वाइट हाउसमा ट्रेनी थिइन् । त्यही बाट सुरु भएको यी दुईको नाजायज सम्बन्ध राष्ट्रपति क्लिनटनको पदबाट राजीनामामा गएर अन्त्य भएको थियो ।
तर, क्लिनटन मात्र पहिलो अमेरिकी राष्ट्रपति थिएनन् जसको निजी जीवनको खबर बाहिर आएको थियो ।

उनीभन्दा पहिले ह्वाइट हाउसमा त्यस्ता धेरै राष्ट्रपति आए, जसले त्यहाँ त्यस्तै लिला रचेर गए तर उनीहरुको लिलाको रहस्य भने आजसम्म पर्दामै लुकेर बसेको छ । तिनैमध्येका एक हुन् ह्यारी ट्रम्यान ।

हैरी ट्रम्यान चारपटक अमेरिकी राष्ट्रपति बनेका फ्रान्कलिंक रुजवेल्टको कार्यकालमा अमेरिकी उपराष्ट्रपति थिए । सन् १९४५ मा रुजवेल्टको निधन भएर दोस्रो विश्वयुद्ध सकिएपछि ट्रम्यानले राष्ट्रपति पद सम्हालेका थिए ।

ट्रम्यान राष्ट्रपति पदमा आसिन हुँदाको समय ह्वाइट हाउसको भौतिक अवस्था एकदमै कमजोर थियो । यसैकारणले एकदिन राष्ट्रपति ट्रम्यानकी छोरी म्यारी माग्र्रेट पहिलो तल्लामा पियानो बजाउने क्रममा छत भत्किएपछि पियानोसँगै जमिनमा खसिन् । त्यसपछि बस्न अयोग्य बनेकोे ह्वाइट हाउसबाट राष्ट्रपतिको परिवारलाई ब्लेयर हाउसमा स्थानतरण गरिएको थियो । रुजवेल्ट प्रशासनले केही वर्ष अघि नै विदेशी पाहुनाहरु राख्न उक्त ब्लेयर हाउस खरिद गरेको थियो ।

त्यस्ता विदेशी पाहुनामा विशेष वेलायती प्रधानमन्त्री विन्सटन चर्चिल पर्थिन् । रुजवेल्ट र उनको मित्रताको कहानी त्यससमय र आज पनि एकदमै चर्चित छ । प्रधानमन्त्री चर्चिल अमेरिकी भ्रमणको समयमा ह्वाइट हाउस मै बस्ने गर्थिन् । उनीहरु धेरैजसो एकैसाथ देखिन्थे ।

उनीहरुको सम्बन्ध यति रहस्यमयी थियो कि राजनीतिक मुद्दाको लागि पनि चर्चिल आधा रातमा रुजवेल्टको शयनकक्षमा आइपुग्थिन् ।

त्यस्तै अर्कोतर्फ भने अमेरिकी प्रथम महिला एलिजावेथ वेस ट्रम्यानलाई वासिंटन खासै मनपरिरहेको थिएन । साथै उनलाई पूर्वप्रथम महिला एलियानोर रुजवेल्टसँग आफ्नो तुलना गरिएको पनि मनपरिरहेको थिएन । एलिजावेथलाई आफ्नो प्रथम महिलाको भूमिकाप्रति पनि खासै रुचि थिएन ।

एलिजावेथ र ह्यारी एकअर्कासँग स्कुले दिनदेखिनै परिचित थिए । अझ पहिलो विश्वयुद्ध ताका एलिजावेथ ह्यारीलाई चिठ्ठीबाट आफूले पर्खिरहेको खबर पठाउथिन् । उनीहरुको सम्बन्ध यति नजिक थियो जब एलिजावेथ र म्यारी माग्र्रेट वासिंटनबाट उनीहरुको गृहजिल्ला मिसूरी गएका थिए तब ट्रम्यान एकदमै एक्लोपन महसुस गर्थे ।

एकपटक चार महिनाका लागि सन् १९४९ एलिजावेथ वासिंटनबाहिर गएकी थिइन् र सेप्टेम्बरमा फर्केकी थिइन् । त्यहाँबाट फर्केपछि उनले ब्लेयर हाउसका चारवटा पलङ रातमा भाच्चिएको पाइन् । त्यससमय ह्यारी ६५ र एलिजावेथ ६४ वर्षकी थिइन् ।यसबाट उनी एकदमै सशंकित भएकी थिइन् ।

यस घटनापछि ट्रम्यानले अर्को एउटा राष्ट्रपतिय चुनाव जितेका थिए । त्यसपछिको कार्यकाल सकिएसँगै उनले राजनीति पनि छोडिदिएका थिए । 

 

                                                Ujyaalo

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like