कर्फ्यू हटेपछि कालिकोटको जनजीवन सामान्य बन्दै

मान्म, कालिकोट । कर्फ्यू हटेपछि कालिकोटको जनजीवन सामान्य बन्दै गएको छ । शुक्रबार प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू सोमबार बिहानदेखि हटाइएको हो । कर्फ्यू हटेपछि बजारमा किनमेल गर्नेको संख्या बढेको छ ।

ऐडीको ज्यान गएपछि म्यादी प्रहरी, मृत्तकका आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन चर्काउँदा स्थानीय प्रशासनले शनिबार दिउँसो ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । यसैबिच घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव मानबहादुर बिकको संयोजकत्वमा गठन भएको ४ सदस्यीय टोली कालिकोट पुगेको छ ।

टोलीले एक हप्ताभित्र घटनाको छानबिन गरीम सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको टोलीका संयोजक सहसचिव बिकले बताउनुभयो । छानबिन समिति र स्थानीय प्रशासनसँगको वार्तामा मृत्तकका आफन्तले तत्काल मन्त्रीपरिषदबाट १० लाख रुपैयाँ राहत दिने र दोषिलाई कारवाही गर्ने घोषणा नगरेसम्म शव नबुझ्ने बताउँदै आएका छन् । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like