हुम्ली सर्वसाधारण का लागि आएको ८ सय ६४ क्वीन्टल खाद्यान्न नब निवाचीत सांसदको खल्तीमा

सिमीकोट, हुम्ला । नेपाल खाद्य संस्थानद्धारा ढुवानी अनुदानको खाद्यान्न आर्थिक वर्ष सुुरु भएको चार महिना पछि ढुवानी हुुन सुुरु हुुँदा नव निर्वाचित सांसदहरुले चीट मार्फत वितरण गरेर सकाएका छन । सांसदले निर्वाचित भए पछि पहिलो काम चीट मार्फत खाद्यान्न वितरण गरेर सकाए पछि सर्वसाधारण हुम्ली अनुदानको खाद्यान्न पाउनवाट वन्चित भएका हुन ।

प्रतिनिधि तथा प्रदेश सभाका गरि तीन जना सांसदमा दुुई जना सांसदले ८ सय ६४ क्वीन्टल खाद्यान्नको चीट मार्फत वितरण गरेर सकाएको खाद्य संस्थानले जनाएका छन ।

यसरी हुम्ली सर्वसाधारणका लागि आएको खाद्यान्न प्रतिनिधि सभाका सांसद छक्क वहादुुर लामा, प्रदेश सभाका सांसद दल रावलको चिट मार्फत ८ सय २४ क्वीन्टल र अर्का प्रदेश सभाका सांसद जीवन वहादुुर शाहीले प्रमुुख जिल्ला अधिकारीलाई अनुरोध गरेर ४० क्वीन्टल खाद्यान्न आफ्ना कार्यकर्तालाई वितरण गर्दा तीन दिनमा गोदाममा मौज्दात भएको खाद्यान्न सकिएको थियो । जसमा सांसद दल रावलको वढि र त्यसपछि सांसद लामा चिट केही कम आएको संस्थानले जनाएको छ ।

यो वाहेक निर्वाचिन वेला राजनीतिक दल तथा उम्मेदवारलाई छुुट्टै खाद्यान्न संस्थानले उपलव्ध गराएको जनाएको छ । सांसदहरुको चीटवाट अत्याधिक खाद्यान्न वितरण हुन थाले पछि सर्वसाधारण खाद्यान्न पाउनवाट वन्चित हुने देखिए पछि संस्थानले खाद्य व्यवस्थापन समितिको वैठक वसालेर कसैको पनि चीट मार्फत खाद्यान्न नदिने निर्णय गरेको शाखा प्रमुुख नारायण सिंह केसीले वताउनुु भयो ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like