शेरबहादुरले प्रचण्डलाई पाँच बर्ष पक्का भन्दा प्रचण्ड मुसुक्क हाँसे !

काठमाडौंः ‘मलाई बहुत दुख लाग्या छ’, शेरबहादुरले भने, हाम्रै साथीहरुले धोका दिए ।’ प्रतक्ष्यतर्फको निर्वाचन परिणाम आइसकेपछि बुलुवाटारमा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटको शुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो परिणाम आउनुको पछाडि आफ्नो स्प्रिटलाई सहकर्मीहरुले बुझ्न नसकेको कुरालाई कारकका रुपमा प्रस्तुत गरे ।

तर, त्यो भेटको मुख्य मक्सद थियो माओवादी केन्द्रलाई फकाउने । ‘पाँच बर्षका लागि तपाईँ’, शेरबहादुरले यसो भन्दा प्रचण्ड मुसुक्क हाँसे ।पत्याएनन् कि भनेर फेरि दोहोर्याए, ‘मान्नुस न मैले भनिसकेँ ।’ फेरी पनि प्रचण्डले जवाफ दिएनन् ।

‘आखिर हिजो पनि तपाईँसँग कुरा मिलेकै हो । फेरी पनि कुरा मिल्छ ।’ अर्थात शेरबहादुर माओवादीलाई पाँच बर्ष प्रधानमन्त्री दिने कुरामा लिखित गर्नुपरे त्यसका लागि पनि तयार भइरहेको बताइरहेका थिए । प्रचण्डचाहिँ सुनिमात्र रहे ।

प्रचण्डले भने, ‘त्यस्तो सम्भावना तत्काल छैन । हामी पार्टी एकताको तहसम्मै पुगिसक्या छौं । केपीजी पनि तपाइँहरुसँग दुरी बढाएर होइन, मिलेरै जाने पक्षमा हुनुहुन्छ ।’

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like