कालिकोटमा चार दिने आँखा शिविर सुरु

कालीकोट । खाँडाचक्र नगरपालिकाको दाहामा ४ दिने आँखा शिविर शुरु गरिएको छ ।  मोतिया विन्दुको निःशुल्क शल्यक्रियसहितको आँखा शिविरको सोमबार खाडाचक्र नगरपालिकाका प्रमूख जसी प्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । 

खाँडाचक्र नगरपालिका वडा नं ५, ६,७ र ८ को आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो ३० र्औ सर्जिकल आँखा उपचार शिविर हो ।

शिविर उद्घाटन गर्दै नगर प्रमूख पाण्डेले पछिल्लो समयमा सानै उमेरदेखि आँखाका विरामी बढेकाले उपचारका लागि टाढा जान नसक्नेहरुका लागि शिविर लाभदायी हुने बताए । ‘आँखाका बिरामीहरु दिनप्रतिदिन बढीरहेका छन्’ उनले भने, ‘आर्थिक विपन्नताका कारण जिल्ला बाहरिका अस्पतालामा गएर आँखाको उपचार गराउन नसक्नेका लागि यो शिविरले राहत प्रदान गर्ने छ ।’ उनले यसरी शिविरको माध्यमबाट नागरिकलाई राहत दिन काम स्थानीय तहबाट पनि सहयोग हुने बताए ।

शिविरमा आँखा सम्वन्धी विरामीहरुको निःशुल्क परिक्षण र अप्रेसन सुरुभएको नेपाल नेत्रज्योति संघका उपसभापति देवानन्द धिताले बताए । उनले जिल्लाका विभिन्न तीन ठाउँमा मंसिरमा सुरु भएको आँखा शिविरबाट अप्रेसन गर्नुपर्ने ५८ जना विरामीहरु पत्ता लगाएकाले उनीहरुको निःशुल्क अप्रेसन तथा नयाँ विरामीका लागी शिविरको आयोजना गरिएको जानकारी दिए । शिविरमा आँखा परिक्षण गर्नका लागी जिल्लाका विभिन्न ठाउँबाट सर्वसाधारणको बाख्लो उपस्थिती रहेको छ । 

हिमालय आँखा अस्पताल घारीपाटन पोखरावाट डाक्टर हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीले आँखा परिक्षण र शल्यक्रिया गर्ने छ । शिविरमा कालिकोट जिल्लाका साथै छिमेकी जिल्लाहरु दैलेख, अछाम, बाजुरा, जुम्ला, मुगु लगायतका जिल्लाहरुवाट आँखाका रोगिहरु उपचारका लागि आएका छन् । जिल्ला आँखा उपचार केन्द्र र नेत्रज्योति संघ कालिकोटको अगुवाईमा जिल्लामा विगत २६ बर्षदेखि हरेक वर्ष यस्ता शिविर निरन्तर सञ्चालन हँुदै आइ–रहेका छन् ।

नेपाल नेत्रज्योति संघका सभापति खडानन्द पाण्डेको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यताम एक कार्यक्रमको आयोजना गरि शिविरको उद्घाटन गरिएको हो । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like