जुम्लाका तिला गाउँपालिकाका २ गाउँ छाउगोठ मुक्त घोषणा

जुम्ला: जुम्लाका तिला गाउँपालीका वडा नम्बर ३ को जोगिवाडा र वडा न ४ को रावतवाडा गाउँलाई मगंलबार छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ । छाउगोठ मुक्त घोषणा कार्यक्रममा बोल्दै निमित्त पमुख जिल्ला अधिकारी टेक बहादुर बुढथापाले जिल्लामा नै पहिलो पटक तिलागाउँपालिका ३ र४नम्बर वाडाका गाउँहरु छाउगोठ मुक्त घोषणा गरेकाले धन्यवाद दिएका छन् । घोषणको आधारमा यी गाउँहर एतिहासीक गाउँ भएको बताएका छन् ।

तिला गाउँपालीकाका अध्यक्ष रतननाथ योगीले सरकारले दिएको नितिनिर्देशनअनुसार ३ र ४ वडाका यी २ गाउँलाई छाउगोठ मुक्त घोषणा गरेको बताएका छन् । विकसीत देशमा रोवडले असम्भ काम समेत गर्न सक्छ भने हामीले यती सानो काम किन न गर्ने भनी गाउँबासीहरुलाई प्रश्न समेत गरेका छन् ।

कानुन अनुसार छाउ बार्नूलाई दण्डनिय घोषणा भइसकेकाले सचेत हुन सवैलाई उनले आग्रह गरेका छन् । तिला गाउँपालीका वडा नम्बर ४ की महिला सदस्य अम्बिका शाहीले सवै महिला गोठबाट घरमा सरेकोमा खुसी व्यक्र गरेकी छन् । अवदेखि आफ्ना वडाका महिलाहरु छाउ भएको बेला गोठमा न बस्ने उनको प्रतिबद्धता रहेको छ । जिल्ला शिक्षा कार्यालय जुम्लाका बिद्यालय निरक्षण खडानन्द्र चौलागाईले तिला गाउँपालीकाले उदाहरणिए काम गरेको बताएका छन् ।

यस गाउँपालिकाबाट अन्य गाउँपालीकाले सिको गनुपर्नेमा उनले जोड दिएका छन् । छाउगोठ मुक्त घोषणा कार्य अल्पकालिन नभएर दिर्गकालिन हुनुपर्ने उनको विचार छ ।छाउगोठ मुक्त घोषणा कार्यक्रको अवसरमा प्रति परिवारलाई साबुन, रुमाल, सेनेटरी प्याड लगाएतका सरसफाइका सामाग्रिहरु वितरण गरिएको जनाइएको छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like