शोकसभामा भाडदौड मच्चिँदा १० जनाको मृत्यु, ५० घाइते

ढाका । बंगलादेशमा एकजना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

बंगलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ सहरमा सोमबार भएको भागदौडको घटनामा अन्य ५० जना घाइते भएका छन् । चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी १० जनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये १० जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए ।

चिट्टागोङमा रहेको रिमा कम्युनिटी सेन्टरमा शोकका लागि भेला भएकाहरूबीच भागदौड भएको हो । सो ठाँउमा विषेश गरेर गैरमुस्लीम मानिसहरुका लागि खानाको समेत व्यवस्था गरिएको थियो । मृत्यु भएका मध्ये अधिकांशको भीडमा अक्सिजनको कमी भै श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल बंगलादेश अवामी लिग पार्टीका नेता एविएम मोहिउद्धिन चौधरीको निधनमा उनीहरू शोक व्यक्त गर्न भेला भएका थिए । चिट्टागोङका मेयरसमेत भइसकेका चौधरीको यही डिसेम्बर १५ तारिखका दिन निधन भएको हो । उनी झन्डै पाँच दशकदेखि राजनीतिम सक्रिय थिए । (रासस/सिन्ह्वा)

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like