रुनीले गरे गोल, एभर्टनले जित्यो

पुस ४ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वायने रुनीको टिम एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हराएको हो । 

सुरुमा पछि परेर पनि एभर्टन जित निकाल्न सफल भएको हो । ३५ औं मिनेटमा फेरको गोलबाट स्वान्सी सिटीले सुरुवाति अग्रता लिएको थियो । तर त्यसपछि एभर्टनले लगातार गोल गर्दै महत्वपूर्ण जित निकालेको हो । पहिलो हाफको इन्जुरी समयमा कालभर्ट लेविनले एभर्टनका लागि बराबरी गरे । ६४ औं मिनेटमा जिल्फी सिगडर्सनले गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा पाएको पेनाल्टीमा वायने रुनीले गोल गरेपछि एभर्टन ३–१ ले विजयी भयो । जितपछि नवौं स्थानको एभर्टनको १८ खेलबाट २५ अंक भएको छ । १७ अंकसहित क्रिष्टिल प्यालेस चौधौँ स्थानमा छ । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like