मेस्सीले पाए एकैचोटी दुई अवार्ड

पुस ४ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले दुईवटा अवार्ड पाएका छन् । बार्सिलोनमा सोमबार भएको एक विशेष कार्यक्रममा मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् । 

यो अवार्ड स्पेनिस खेल पत्रिका मार्काले प्रदान गरेको हो । मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ । 

मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए । उनले टिमका साथी खेलाडी लुइस स्वारेजले भन्दा दुई गोल बढी गरेका थिए । 

मेस्सीका प्रतिस्पर्धीका रुपमा लिइने रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले गएको सिजन ला लिगामा २५ गोल गरेका थिए । मेस्सीलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरेको छ ।

 

यो अवार्ड ला लिगामा सिजनको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ । समारोहमा बार्सिलोनाका मिडफिल्डर आन्द्रेश इनिएस्टाले स्पेनको सबैभन्दा अमूल्य खेलाडीको अवार्ड पाएका छन् ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ