चिनियाँ मोडेलको समाजवाद’bout नेपाली सरोकारवालाहरुलाई ‘ब्रिफिङ’

काठमाडौं । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले जित हासिल गरेको बेला चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले पारित गरेको दस्तावेजलाई नेपालमा छलफलमा ल्याइएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चिनियाँ समाज विज्ञान प्रतिष्ठानका अध्यक्ष वाङ वेईक्वानले नेपालका विभिन्न दलका नेता, बुद्धिजीवी, कूटनीतिज्ञ तथा प्रबुद्ध व्यक्तिहरुलाई चिनियाँ दस्तावेजको ‘ब्रिफिङ’ गरेका हुन् । दुई महिनाअघि चीनको पेइचिङमा सम्पन्न महाधिवेशनमा चिनियाँ राष्ट्रपति सी चिनफिङबाट प्रस्तुत् चिनियाँ मोडेलको समाजवादसम्बन्धी दस्तावेजलाई प्रस्ट्याउने कोसिस सो अवसरमा गरिएको थियो ।

नेपाली बुद्धिजीवीहरु पश्चिमा मिडियाको रिपोर्टिङबाट प्रभावित भएको आशंकामा उक्त दस्तावेज’bout छलफल आयोजना गरिएको हो । सो अवसरमा अध्यक्ष वाङले सन् २०५० सम्ममा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको माध्यमबाट आधुनिक विकास गर्ने लक्ष्य चिनियाँ कम्युनिष्ट पार्टीले लिएको बताए ।

उनले चीनले उक्त विचारधारा लागू गर्न कसैलाई दबाब नदिने स्पस्ट पार्दै विकासमा भने सबैसँग सहकार्य गर्ने पनि बताए । अरनिको समाजले उक्त महाधिवेशनको प्रतिवेदन र त्यससँग सम्बन्धित लेखसंग्रह नेपाली र अंग्रेजीमा अनुवाद गरी प्रकाशन गरेको छ । समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले अनुवाद गरेको सो संग्रह कार्यक्रममा निःशुल्क वितरण गरिएको थियो ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like