अनागरिक रबि लामिछाने र अराजक अन्धभक्तहरु

केहि समययता टिभी पत्रकार रवी लामिछानेको पक्ष र विपक्षमा बोल्नेहरु बिच सामाजिक संजालमा हानाथाप चलिरहेको छ । उनलाई बिदेशी नागरिकता बोकेको भनेर लगाइएको आरोपको खन्डन गर्नको लागी उनको कार्यक्रमको एक महत्वपूर्ण एपिसोड नै खर्च गरे । तर धेरैको अनुमान भन्दा निकै टाढा रहेर उनले आरोपको खन्डन होइन पुष्टि पो गरिदिए । यस्तो लाग्थ्यो, उनले आफुमाथी अमेरिकन नागरिकता रहेको कुरालाई जबरजस्ती ‘हो’ भन्नुपर्यो । हो भने सिधै हो भन्दिएको भए हुन्थ्यो, जनयुद्धलाई आरोपित गर्नै पर्थेन । एउटा अर्कै गलत कुराको सहारामा आफ्नो अर्कै गलत पाटो उजागर गर्नु पत्रकारिताको न्युनतम धर्म होइन । उनले आफ्नो ’boutमा त्यस्ता अरु अहम कुराहरुको पनि खुलासा गरेका छन, जसको ’boutमा आम मानिस जानकार थिएनन ।

हुनसक्छ उनी गलत होइनन् । उनले नेपालको अध्यागमनमा पुरा गर्नुपर्ने प्रक्रिया बाध्यतावश गर्न पाएनन । उनले देखाएको साहसिक पत्रकारिताको बाटो सबै पत्रकारहरुले अंगाल्नलायक होला । तर सामाजिक संजालमा उनलाई गरिएको देवत्वकरणले केहि नलेखी सुख देखिएन । उनको ’boutमा टिप्पणी नै गर्न नहुने खालको वातावरण बन्यो । केहि समय अघि पंक्तिकारले ‘कन्फर्मेसन बायस’को ’boutमा लेखेको थियो । कन्फर्मेसन बायसले मान्छेलाई यस्तरी मानसिक अराजकतामा धकेल्छ जसरी मान्छेले कुनै बिशेष वस्तुमा जे देख्न चाहन्छ, त्यही मात्र देखिरहन्छ । अरु बाँकी सबै अयोग्य देखिन्छन । रवी लामिछानेको अनुहारमा मान्छेले ‘सुपर हिरो’को रुप देखिरहेको छ । यसकारण उनको ’boutमा केहि भन्ने अधिकार त यस पंक्तिकारले राख्छ नै ।

१. कन्चटमा ताकी ताकी गोली हानेको माओवादीको ’boutमा –

सन् २००२ ताका, जतिबेला नेपालमा माओवादीले चलाएको सशस्त्र राजनीतिक संघर्ष उत्कर्षमा पुगेको थियो, उनी त्यतिबेलै अमेरिका भासिएका थिए । यहाँ लामो टिप्पणी गरिरहनुपर्ने आवश्यकता के छैन भने, आज युद्धको समाप्ती भएको दशबर्ष भन्दा धेरै भैसक्दा पनि, नेपालमा माओवादीले मेरो घर लुटे, सम्पती जलाईदिए, बस्न दिएनन, आफन्त मारे, लखेटे, हातखुट्टा भाँचे भनेर अमेरिकन अध्यागमनलाई ढाँटेर ग्रीनकार्ड लिनेहरुको लाइन आज पनि लामो छ । उनले पनि सम्भवत: यिनै कारण देखाएर त्यहाँको कानुनी प्रक्रिया पुरा गरेर नागरिक बनेका हुन सक्छन् । त्यहाँका अधिकारीहरुको सहानुभूति सहित ग्रीन कार्ड पाउनको लागी त्यहाँ गैरकानुनी रुपमा समातिएका नेपालीहरुले हदैसम्म आफ्नो देश नेपालको बेइज्जत गर्छन् भन्ने कुरा नौलो रहेन । उनले माओवादीले बच्चाबच्चीहरुलाई ताकी ताकी कन्चटमा गोली हाने भनेर लगाएको आरोप वास्तवमा अमेरिकी अध्यागमनलाई पेश गर्दा चाहिने कागजातमा उल्लेख गरेको हुनुपर्छ ।

२. के उनले मानवतस्करीलाई सहयोग गरिरहेका थिए ?

उनले खुलासा गरेको अर्को अहम् कुरा हो, त्यतिबेला उनले त्यहाँका नेपालीहरुलाई कागजात मिलाईदिएर सहयोग गरिरहेका थिए । कानुनी रुपमा अमेरिका पुग्नेहरुलाई कागजात मिलाईदिनुपर्ने कुनै आवश्यकता नै थिएन । गैरकानुनी रुपमा त्यहाँ पुग्नुको प्रमुख कारण मानवतस्करी नै हो । त्यसो भए प्रश्न उठ्छ, के उनले मानवतस्करीलाई सहयोग गरिरहेका थिए त ? तीस देखी पचास लाखसम्म दलाललाई तिरेर कोहि मेक्सिकोको बाटो हुँदै महिनौं यात्रा गरेर अमेरिका पुग्ने र कोहि कुनै सांस्कृतिक कार्यक्रम भन्दै गएर उतै लुक्ने अनि कोहि ‘अभूतपूर्व नागरिक’ हुँ भन्दै नेपालबाट फर्जी कागजपत्र बनाएर अमेरिका पुग्नेहरुलाई हो कागजपत्रको सेटिङ चाहिने । उनको खुलासाले चोर औंला अन्त देखिए पनि बाँकी औंलाहरुले आफैंलाई इङ्गित गरिरहेको छ ।

३. के अमेरिकामा घोटेको क्रेडिट कार्डको पैसा नेपालबाट कमाएर तिरिन्छ ?

उनले सहज रुपमा स्विकारेको अर्को कुरा भनेको, त्यहाँ घर गाडी जोड्दा ऋण लागेको छ र त्यो पैसा तिरेर नसकुन्जेल उनले त्यहाँको नागरिकता त्याग्न मिल्दैन । त्यसो भए के नेपाली मिडियामा काम गरेको पैसाले त्यहाँको क्रेडिट कार्डको साँवा र ब्याज भुक्तानी गरिरहेका छन् ? के नेपालको एउटा टिभी जर्नालिस्टले अमेरिकामा घर, गाडी र बिजनेस जोड्दा लागेको ऋण तिर्न सक्ने गरेर पैसा कमाउँछ ? के नेपालको पत्रकारिता क्षेत्र त्यती धनी छ जसले आफ्ना पत्रकारहरुलाई डलरमा तलब दिन सक्छ ?

४. उनी नेपाली नागरिक नरहेको कुरा कहिले स्विकार्नुपर्थ्यो ?

उनले दुई सयौं एपिसोडमा सबै कुरा स्विकार्ने थिएँ भनेर भनेका छन् । तर यो उनको ब्याक्तिगत कुरा हो चाहे स्विकारुन या नस्विकारुन । तर पर्यटक भिसा (स्मरणीय होस, पर्यटकिय भिसामा आएको बिदेशी नागरिकलाई नेपालमा काम गर्ने अनुमती छैन) सकिँदा पनि त्यसलाई नवीकरण नगर्ने र अटेरी भएर काम गरिरहनेलाई नेपालको अध्यागमन बिभागले कारवाही गर्नुपर्ने हो की होइन ? ओभरस्टे गर्यो भने अमेरिकाले के गर्छ भन्ने त उनलाई राम्रोसंग थाहा हुनुपर्ने हो । एउटा कार्यक्रम चलाएरै सामाजिक संजालमा वाहवाही बटुल्ने बित्तिकै अध्यागमन नीतिको धज्जी उडाउनुपर्ने हो ? या कानुनले छुँदै नछुने हो ? दुनियाँलाई कानुनकै कुरा सिकाएर फेमस हुने तर आफुँले पुरा गर्नुपर्ने न्युनतम नैतिक दायित्वबाट च्युत भएर के देखाउन खोजेका हुन् कुन्नी ?

५. राज्यको चौथो अंगमा बिदेशी नागरिकलाई गैरकानुनी काम गर्न छुट हो ?

राज्यका तीन प्रमुख अंगहरु हुन्छन, कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिका । त्यसपछि पत्रकारितालाई चौथो मानिने गरिन्छ यद्यपि संबिधानमा यो प्रावधान लेखिएको छैन । अरु तीन अंगमा पदासिन हुनको लागी नेपाली नागरिक हुनु न्युनतम योग्यता हो तर एउटा पत्रकारको लागी त्यो छुट हुन्छ र ? बिदेशी पत्रकारले नेपालमा बसेर नेपालीको हितको लागी कसरी पत्रकारिता गर्न सक्छ ? हुनसक्छ उसको रगत नेपाली होला, नेपाली माटोमै हुर्केको बढेको होला तर अहिलेको बिश्वमा माटो र रगत जस्ता भावनात्मक कुराहरु भन्दा आर्थिक सम्बन्धले महत्वपूर्ण अर्थ राख्छन । उनको आर्थिक सम्बन्ध अमेरिकामा छ, उतैको नागरिकता लिएर घर गाडी जोडेका छन् तर पत्रकारिता चाहिँ नेपालमा गर्ने ? यो त अचम्मै भएन र भन्या ?

६. के उनलाई राज्यले सुरक्षा दिनुपर्छ ?

भारतमा साहरुख खान, अमिताभ बच्चन जस्ता फिल्मकर्मीहरुलाई सरकारले सुरक्षा दिन्छ । त्यहाँको संसदमा यस्ता सुरक्षा हटाउनुपर्छ भनेर एकपटक बहस पनि भएको थियो, तर जसले देशको नाम बिदेशमा चिनाएका छन, अर्थात बिश्वका पचास भन्दा बढी देशमा यि फिल्मकर्मीका प्रशंसक छन र आफुले कमाएको सम्पतिबाट ठुलो हिस्सा राज्यलाई कर तिर्छन र जसलाई सुरक्षा खतरा छ, यिनिहरुलाई राज्यले सुरक्षा दिनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार उनीहरुले पाएको सरकारी सुरक्षा खारेज भएन । तर संसारका कुनै पनि निजी पत्रकारलाई उनीहरुले काम गर्ने फिल्डमा सरकारी सुरक्षा दिएको कुरा यो पंक्तिकारले आजसम्म सुनेको छैन । लामिछानेको केसमा यो पुरै हावा कुरा हो, नेपालमा कमाएर अमेरिकाको क्रेडिट तिर्नेलाई केको सरकारी सुरक्षा ?

७. रवी लामिछानेको नेपाललाई योगदान के हो ?

अन्य पत्रकारहरु झैं उनी पनि सत्यतथ्य उजागर गर्छन् । आम जनताको पीर मर्काको ’boutमा टिभीको स्क्रीनमा बोल्छन । जनताले चाहे अनुसार नै सरोकारवालालाई फोन गरेर यो भएन उ भएन भन्ने हुनाले नेपालमा र बिदेशमा रहेका नेपालीहरुले उनलाई भरोसा गर्छन र दुख पिडाहरु सेयर गर्छन् । उनले आफैंलाई पनि यति र उति घुस आयो तर हामिले स्विकार गरेनौं भनेर स्क्रीनमा ठुलो स्वरले चिच्याउँछन । आफुलाई लागेको आरोपको खन्डन गर्नको लागी टेलिभिजनको स्क्रीन प्रयोग गर्छन् । आत्महत्या गर्नको लागी बिष लिएर हिँडेकी एउटी महिलालाई निसंकोच कार्यक्रममा ल्याएर रुन लगाउँछन् । यहाँनेर देख्नेलाई राम्रो देखाउन हरसम्भव प्रयास गर्दा गर्दै पनि यि सबै घटनाहरुले निम्त्याउने साइड इफेक्टको कुरा उनी गर्न चाहँदैनन । टेलिभिजनका कतिपय अन्य कार्यक्रमहरु पनि हुन्छन, जसमा पिडितको नाम र अनुहार गोप्य राखेर कुरा गरिएको हुन्छ । तर पारदर्शी हुने नाउँमा सबै रहस्य खोल्नुपर्छ भन्दै आम मानिसको दैनिकीमा पर्ने असरहरुको ’boutमा संबेदनशील नहुनु उनको कमजोरी हो । उनले नेपाली समाजमा दिएको योगदान भन्दा धेरै त्यसले निम्त्याउने सामाजिक अराजकता र असन्तुलन बढेको छ ।

८. के उनले कानुन र पत्रकारिताको आचारसंहिता उल्लङ्घन गरेका छन ?

उनको काम निष्पक्ष ढंगबाट घटनालाई बाहिर ल्याउनु हो । दोषी किटान गर्ने र सजाय दिने निकायले उनको पत्रकारिताको मातहतमा रहेर काम गर्दैन । केहि समय अघि ट्राफिक प्रहरीका प्रवक्तासंग उनले गरेको माथापच्ची हेर्न लायक थियो । त्यस घटनामा ट्राफिक प्रहरीको मनोबल गिराउने तरिकाले प्रश्नोत्तरमा उनी उत्रीएका थिए । केहि भ्रष्टहरुलाई तह लगाउने नाउँमा कर्तब्यपरायण र अनुशासित कर्मचारीहरुलाई पनि त्यही घानमा हाल्न जरुरी थिएन । त्यो पत्रकारिताको न्युनतम आचारसंहिता भित्र पर्दैन ।

९. युएईमा बलात्कार पछि आत्महत्या गरेकी भनिएकी अष्टमी गुरुङको केस कहाँ पुग्यो ?

मृतकको मोबाईलमा कम्पनीको बंगाली सुपरभाइजरले बलात्कार गरेको कारणले मैले आत्महत्या गरेकी हुँ भन्ने भिडियो फेला पारेपछी उनले आफ्नो कार्यक्रममा त्यसलाई प्रसारण गरे । उनको काम त्यत्ति नै हो । अझ बढी काम भए, सरकारी निकायलाई फोन गरेर हत्यारालाई कारवाही गर्नुपर्छ भन्ने दबाब दिन सकिन्थ्यो । तर उनी त्यतिमा मात्र रोकिएनन, युएईको कानुनी प्रक्रियालाई पनि धज्जी उडाउँदै आफैले हत्यारा खोज्ने र कारवाही गर्ने मिसन थाले । मिसनको पहिलो भागमा उनी गोर्खामा मृतकको परिवारलाइ भेट्न गए । दोश्रो भागमा उनी युएई आए । युएईका राजदूतलाई थर्काए र खादा ओढाउन गएका मानवतस्करीमै संलग्नहरुको मेजमानी खाएर फर्किए । पंक्तिकारले उनलाई फोन गरेर सजग पनि गराएको हो, मानवतस्करी कम गर्ने हो भने कोट पाइन्ट लगाएर र खादा लिएर तपाईंलाई स्वागत गर्न एयरपोर्ट आउनेहरुबाट शुरु गर्नुस भनेर । तर उनले फलानाले यस्तो भनेको छ है भनेर उल्टै उनीहरुलाई भनेर फर्केछन । बाहिरी देशमा आफ्ना नागरिकलाई केहि भैहाल्यो भने सरकारले त्यस घटनाको छानबिन कुटनैतिक पहलबाट मात्र गर्छ, पत्रकारले फेसबुकमा लाइभ गर्दैमा समस्या समाधान हुने र हत्यारा पत्ता लाग्ने भए, इन्टेलिजेन्स ब्युरो, अपराध अनुसन्धान, इन्टरपोल, सुपुर्दगी सन्धी जस्ता कुराहरु घाममा सुकाईदिए हुन्छ ।

१०. के रवीको ’boutमा टिप्पणी गर्नेबित्तिकै ‘मार्छु’ ‘काट्छु’ भन्दै अरुहरुले प्रतिक्रिया दिनु आवश्यक छ ?

छैन, यो एक्काइसौं शताब्दीको सामाजिक संजाल हो । जसले समाजलाई निर्देशित गर्न खोज्छ, उसको सकारात्मक र नकारात्मक कुराहरुको ’boutमा चर्चा अवश्य नै हुन्छ । सबै चर्चा सत्यतामा आधारित भएर गरिन्छ नै भन्ने पनि होइन तर जे भद्र सत्य (gentle truth) हो, त्यसलाई भावनात्मक रुपमा भन्दा पनि तथ्यांकको आधारमा आत्मसात गरिनुपर्छ । पत्रकार लामिछानेले सयौं राम्रा काम गरेका होलान् तर उनको अर्को पाटोको ’boutमा बोल्न र लेख्नै नहुने भनेर संबिधानमा लेखिएको छैन ।

अन्त्यमा नेपाली नागरिकताधारीहरु पागल नै भए पनी नेपालका नागरिक हुन र बिदेशी नागरिकहरु नोबेल पुरस्कार पाएको भएपनी नेपालमा अनागरिक हुन् । देश दुख्छ भने यहि देशको नागरिक हुँ भन्ने प्रमाणहरु देखाउ, फेक पब्लिसिटीको लागी सबै गरेको भए युट्युबमा ‘प्र्यांक’ गर्नेहरुले नी फलोवर बटुलेकै छन नी । -पोस्टपाटी बाट साभार

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ