जुम्लालाई सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’: नरेश भण्डारी

जुम्ला – नवनिर्वाचित जुम्ला प्रदेश (क) का सभासद् नरेश भण्डारीले प्रदेश नं ६ को सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’को परिकल्पना गरिएको बताएका छन् । पत्रकारसँग भेटघाट कार्यक्रममा सभासद् भण्डारीले ‘शासकीय सोचका कारण उत्पीडिनमा परेको कर्णाली’लाई विकासको मूलप्रवाहमा ल्याउन ६ नं प्रदेशमा ग्रीष्मकालीन र शीतकालीन राजधानीको परिकल्पना अघि सारिएको बताउँदै भने, “संघीयताको भ्रुण कर्णालीमा नै थियो । खस सभ्यताको उद्गमस्थल पनि कर्णाली हो ।

खर्बौं डलर बोकेर हिँडिरहेको नेपालको सबैभन्दा लामो नदी कर्णाली, फोक्सुण्डो, भूस्वर्ग राराताल, यार्साजस्ता विश्वका सर्वाधिक महंगा जडीबुटी पाइने यो प्रदेश सम्भावनाको क्षेत्र हो ।” यो प्रदेशको दक्षिण भारतसँग नजोडिएको भएपनी उत्तरी चीनसँग जोड्न हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको धो मोरङ्लो नाका खोलिने उनको भनाइ छ ।

६ नं प्रदेश जन्माउनुमा कर्णालीका शहीद हरिबहादुर कुँवरको प्रमुख भूमिका छ भन्दै उहाँले उनको सपना पूरा गरिने वचन दिए ।
रासस

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ । 

You May Also Like