जाडोले कठ्याङग्रिएर एकको मृत्यु

कपिलवस्तु: कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको ज्यान गएको छ । दुई दिनअघिदेखि बढेको अत्याधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको एक व्यक्तिको ज्यान गएको हाे । दाह्री पालेका अन्दाजी ४५ वर्षय पुरुषको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मृतको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ । 

You May Also Like