जाडोमा तुलसीलाई यसरी सेवन गरौं, रुँघा-ज्वरोमा लाभदायक

तुलसी औषधिय गुणले भरिपूर्ण बनस्पति । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ । त्यसैले तुलसीलाई पूज्ने गर्छौ, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । तुलसी जाडो याममा निकै उपयोगी हुन्छ । ’cause जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ ।

दिनहुँ तुलसी सेवन गर्ने निरोगी
भनिन्छ, विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौ रोगबाट सुरक्षित भइन्छ । यद्यपी त्यसका लागि विधि भने थाहा हुनुपर्छ ।

बिहान खाली पेटमा चार/पाँच तुलसीको पात सेवन गर्नुपर्छ । यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । त्यसो त चार/पाँच वटा पात चपाए पनि फाइदा गर्छ ।

१. तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

२. तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिउनुपर्छ ।

तुलसीको चिया
अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

तुलसी र दुधको मिश्रण
तुलसीलाई दुधसँग पनि मिसाएर सेवन गर्न सकिन्छ । यसरी तुलसी र दुधको मिश्रण बनाउँदा त्यसले थप लाभ गर्छ । खासगरी यस्तो मिश्रण खाली पेटमा सेवन गर्नुपर्छ ।

१. सास सम्बन्धी रोगमा फाइदा

यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा मिल्छ ।

२. टाउको दुखाईमा

टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई ठिक गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो लाभदायक हुन्छ ।

३. मुटुलाई स्वस्थ्य राख्ने

जसलाई मुटुसम्बन्धी समस्या छ, उनीहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

४. तनाव हटाउँछ

यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ । त्यसले तनावको स्तर कम गर्छ । डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दुधको मिश्रण सेवन गर्नुपर्छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ । 

You May Also Like