हामी जितमा मात्तिदैनौं, अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् ।

आफूले मतदान गरेको भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेतले जितेपछि निवासमै बधाई दिदै ओलीले सञ्चारकर्मीसँग भने- निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई विकास र सम्बृद्धिको बाटोमा लगेर नमूना देश बनाउन लाग्नुपर्छ । ओलीले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई परास्त गरेको प्रतिक्रिया दिए ।

उनले सामाजिक सदभाव, राष्ट्रिय एकता कायम गर्दै सम्बृद्ध देश निर्माण गर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा आएको बताए । उनले देशलाई सम्बृद्ध बनाउन कम्युनिस्टहरु गम्भीर, स्वच्छ र पारदर्शी हुनुपर्ने कुरामा जोड दिए ।

उनले वामपन्थी गठबन्धनलाई देश बनाउने चुनौति आइपरेको भन्दै अब देश बनाउनका लागि त्यस्तै प्रकारका नीति र कार्यक्रम लिएर अग्रगमनको दिशामा अघि बढ्ने उनले बताए । सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बन्दै गरेका ओलीले आफूहरु जितमा नमात्तिने र हारमा नआत्तिने संस्कारबाट आएको बताए । (अनलाइनखबर)

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like