काठमाण्डौँको मतगणना १० बजेदेखि

काठमाण्डौँ । काठमाडौंको मतगणना बिहान १० बजेबाट हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा बिहान बसेको सर्वदलीय बैठकले बिहान १० सबै क्षेत्रको मतगणना गर्ने सहमती गरेको हो ।

१० वटा निर्वाचन क्षेत्रको काठमाण्डौँमा पाँच ठाउँमा मतगणना गर्ने गरि व्यवस्था मिलाइएको छ । क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ । क्षेत्र नम्बर ५ र ७ को नयाँ बानेश्वरमा रहेको सहकारी विकास विभागको तालिम केन्द्रमा र ९ र १० क्षेत्रको गणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।

यस्तै क्षेत्र नम्बर ८ को गणना बबरमहलमा रहेको वन परिसर र ६ को जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा हुने मूख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

मतगणनास्थलमा सुरक्षा अवस्था कडा पारिएको छ । गणनास्थलमा तारजाली तथा सिसि क्यामराको जडान गरिएको मूख्य निर्वाचन अधिकृत पोखरेलले जनाउनुभयो ।

यसैगरी, चितवनमा आज बिहान ९ बजेपछि मात्रै मतगणना सुरु हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डे उम्मेदवार रहेको क्षेत्र चितवन ३ सबैभन्दा धेरै चर्चित छ । चितवनको तीनवटै क्षेत्रको गणना सँगै गर्ने तयारी छ ।

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like