सुनकली वृतचित्र युट्युवमा सार्वजनिक (भिडियो सहित)

पत्रकार भोजराज भाटले निर्देशन गर्नुभएको वृत्तचित्र ‘सुनकली’ युट्युवमा सार्वजनिक भएको छ । पाकिस्तान इण्टरनेशनल माउण्टेन फिल्म फेस्टिबल (पिम्फ) मा उत्कृष्ट वृत्तचित्र पुरस्कार जितेको उक्क्त बृतचित्रमा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ की सुनकली बुढा सहित अन्य युवतीहरुको फुटवल मोह समेटिएको छ । सुनकलीको ‘वल्र्ड प्रिमियर’ किम्फको १२ औँ संस्करणको पहिलो ओपनिङ फिल्मका रूपमा भएको थियो ।

मुगुकी १३ वर्षीया सुनकली र उहाँको फुटबल टिमले जिल्ला बाहिरसम्म पुगेर गरेको जितेको अनुभवसम्मलाई पत्रकार भोजराज भाटले वृत्तिचित्रमा समेट्नुभएको छ । पत्रकार भाटको सुनकलीले यस अघि स्लोभानियाको ‘माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा’मा पहाड, प्रकृति र संस्कृति विधामा निर्णायक पुरस्कार र टोरण्टो नेपाली चलचित्र महोत्सवमा एक हजार अमेरिकी डलरको ‘दर्शक छनोट पुरस्कार’ जितेको थियो ।

भिडियो

You May Also Like