शीर्ष र चर्चित नेता : भोट हाल्न को कहाँ पुगे ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ स्थित असीग्राम उच्चमाविको मतदान केन्द्रबाट भोट हाल्नुहुनेछ  ।

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मत हाल्नुुहुनेछ । राजनीतिक थलो झापा भए पनि उहाँले भक्तपुरबाट मतदान गर्दैै हुनुहुन्छ । उहाँ झापाका उम्मेदवार भए पनि भक्तपुरबाट भोट हाल्ने भएकाले उहाँले आफैलाई भोट हाल्न पाउनुहुने छैन् ।
  •  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ को लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुहुनेछ ।
  • पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका२ स्थित रामजानकी कन्या प्रावि केन्द्रबाट मत हाल्नुहुनेछ । तर उहाँले पनि आफूले आफैलाई भोट हाल्न पाउनुहुनेछैन् । उहाँ काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुहुन्छ ।
  • एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामकै सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट भोट हाल्नुहुनेछ ।
  • यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ को सत्यवती मावि र महामन्त्री डाक्टर शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकको भ्याली स्कूल केन्द्रमा मतदान गर्नुहुनेछ । उहाँले आफैलाइ भोट हा्लन पाउनुहुने्छैन उहा नवलपरासीबाट उ्ममेदवार हुनुहुनन्छ ।
  • यसैगरी पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर माविबाट मतदान गर्नुहुनेछ ।
  • पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेता प्रकाशमान सिंहले महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्नुहुनेछ ।
  • त्यस्तै कांग्रेसका नेता शेखर कोइरालालले विराटनगर महानगरपालिकाको आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।
  • कांग्रेसका नेता नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार तथा कांग्रेस नेता गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैहुनुहुन्छ । 
  • बिजयकुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिकाबाट मतदान गर्नुहुनेछ ।
  • एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट भोट हाल्दैहुनुहुन्छ ।
  • एमालेका उपाध्यक्ष भीम रावलले अछामको साफेबगर नगरपालिका– ६, स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा भोट हाल्नुहुनेछ । 
  • नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।
  • एमाले उपमहासचिव घनश्याम भुसालले तिलोत्तमा नगरपालिका नगरपालिका ९ मणिग्राबाट र बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट मतदान गर्नुहुनेछ ।
  • सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिकाबाट र प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ बम्घा निमावि मतदान केन्द्रबाट अर्का एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका ११ बाट मतदान गर्नुहुनेछ ।
  • माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको अर्घा रजस्थल मावि केन्द्रबाट मतदान गर्नुहुनेछ ।
  • पूर्वमन्त्री एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्माले प्युठानको स्वर्गद्वारी क्याम्पस मतदान केन्द्रबाट, गिरिराजमणि पोखरेलले महोत्तरीको वर्दिवास नगरपालिका – ३ को गौरीडाँडाबाट, प्रभु साहले रौतहटको मौलापुर नगरपालिका – ५ स्थित मौलापुरबाट र माओवादीका दुई नम्बर प्रदेश इञ्चार्ज समेत रहेका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ को रामप्रसाद मावि केन्द्रबाट मतदान गर्नुहुनेछ ।
  • राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको नाम सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ मा छ  तर उहाँ महोत्तरीबाट प्रतिनिधिसभामा चुनाव लड्दैहुनुहुन्छ । उहाँले यो पल्टको चुनावमा आफैलाई भोट हाल्न पाउनुहुन्न । 
  • यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दुर्गा खोभारी जनता माविबाट मतदान गर्नुहुनेछ । तर, महतो यस पटकको चुनावमा धनुषा —३ बाट उम्मेदवारी दिएर नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिसित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सधै सर्लाहीबाट चुनाव लड्दै आएका महतो यो पल्ट धनुषाबाट उम्मेदवार भएकाले आफ्नो मत आफैलाई दिन नपाउने चर्चित नेतामा पर्नुहुन्छ । 
  •   महेन्द्रराय यादवले सर्लाहीकै हरिपूर्वा नगरपालिका ९ औरहीको  रामजानकी मन्दिर केन्द्रबाट मतदान गर्नेछन् । 
  • राजपाकै नेता अनिल कुमार झाले रौतहटको दुर्गाभगवतीको सँस्कृत मावि केन्द्रबाट, शरतसिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकाको औरही मावि केन्द्रबाट र मनिष कुमार सुमनले राजविराजबाट मतदान गर्नेछन् ।
  • संघीय समाजवादी फोरमका अध्यक्षक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । पटकपटक सुनसरीबाट चुनाव लडेका उपेन्द्र यादव यो पल्ट कोशी पश्चिमको सप्तरीबाट उम्मेदवार हुनुहुन्छ ।  यस पटकको चुनावमा आफैलाई भोट दिन नपाउने पार्टी अध्यक्षको सूचीमा उपेन्द्र यादव पनि हुनुहुन्छ ।
  • नवलपरासी बर्दघाट सुस्ता पश्चिम मा क्षेत्र नं. १ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार हृदयेश त्रिपाठीले जन जागृति मावि गुठी परसौनी मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । 
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट मतदान गर्दैहुनुहुन्छ ।
रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like