जुम्लामा मतगणनाका लागि तयारी पुरा

जुम्ला । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश ढंगनाको अनुसार मतगणनाका लागि ६ वटा टोली तयार गरिएकाे बताएका उनले एउटा टोलीले बढीमा ३ हजार मतगणना गर्ने छ र त्यसपछि अर्काे टोली मतगणना गर्न तयारी अवस्थामा राखिएकाे जानकारी दिए ।

मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई काडे तारले घेरबार गरिएको छ भने प्रत्यक्ष तर्फ प्रतिनिधि सभा र प्रदेश सभाको दुवै क्षेत्रको एकैसाथ तीन वटा कोटामा मतगणना गर्ने तयारी गरिएको छ ।

मतगणना मंसिर २१ गते बेलुका ५ बजेबाट मतगणना गर्ने तयारी गरिएको र मतदाताको सुरक्षालाई मध्यनजर गर्दै क्रमबद्ध वडा अर्थात गाउँपालिका अनुसार मतगणना नगरेर एक अर्काे वडा अर्थात गाउँपालिकाको मत मिसाएर मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत ढुंगनाले बताए ।

पहिलो चरणको निर्वाचन मंसिर १० गते सम्पन्न भएपछि पटपेटिका जोगाउनका लागि दलका प्रतिनिधि दिनरात कुदै आएका छन् । जुम्लामा विशेषगरी वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका प्रतिनिधिहरु मतपेटिका जोगाउनका लागि माईनस ४ डिग्री तापक्रममा दिनरात कुरिरहेका छन् ।

 

निर्वाचन सम्पन्न भएपछि विभिन्न मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखेपछि मतपेटिकाको सुरक्षाका लागि दलका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चिसो रातमा पनि कुर्दै आएका छन् ।

जुम्लामा ५९ हजार ५८ जना मतदाता मध्ये ७० दशमलव ४ प्रतिशत अर्थात ४१ हजार ५ सय ८० मत खसेको थियो । महिला २२ हजार ७ सय १८ जना र पुरुष १८ हजार ८ सय ६२ जनाले मतदान गरेका थिए ।

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like