डोल्पामा तारजाली र सिसिटिभी क्यामराको निगारानिमा मतगणना हुने

डोल्पा  । मँसिर १० मा पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना २१ गते पँच बजे पछि हुने भएको छ । २१ गते हुने मतगणनाको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थललाइ तारजाली लागएको छ । 

स्थानिय तहको निर्वाचनमा चितवनमा च्यातिएको मतपत्रको घटनाले त्रसित रहेको जिल्ला सुरक्षा समितिले कडा सुरक्षा ब्यवस्थाका साथै सिसिटिभी क्यामेरा र तारजालीले मतगणना स्थल घेरको हो । मतगणना गर्दा सुरक्षा सहजताका लागि गतगणना स्थाल तारजालीले घेरेको मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार मतगणना प्रत्यक्ष निगारानिका लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको बताए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतगणना स्थलामा ३ वटा सिसिटिभी क्यामेरा जडान गरेको मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बताए । उनले थपे मतगणना स्थल साने रहेकोले यति नै सिसिटिभी क्यामेराले पुग्ने दावी गरे ।

गतगणनाको लागि प्राबिधिक कुराहरु लगभग सकिएको र २१ गते बिहान मतगणनामा बस्ने कर्मचारिहरुलाइ अभिमूखिकरण गर्ने र निर्वाचनमा भाग लिएका जिल्लाका राजनितिक दलसँग बैठक बसे पछि सबै तयारि सकिनुका साथै २१ गते ५ बजे पछि मतगणना सूरु हुने मूख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारि दिए । 

गतणनाको लागि जिल्ला सुरक्षा समितिले पनि उच्च सर्तकता अपनाएको छ । मतगणना स्थल तारजाली राखिएको छ मतगणना स्थलमा ३ वटा सिसिटिभी क्यामेरा राखिएको छ तिनवटै सुरक्षा घेरामा मतगणना हुने छ प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिए ।

उनका अनुसार मतदान स्थल वरिपरि करिव ३ सय मिटरको क्षेत्रमा मदिरा बिक्रि बितरण लगायतका क्रियाकलाप बन्द गरिएको र राजनिति दललाइ पनि कार्यकर्ताहरु भिडभाड नगरिदिन अनुरोध गरेको बताए । उनले थपे चेकजाँच कडा पारिएको छ भित्रि र बाहिरि सुरक्षा मजबुद्ध पारिएइको छ मतगणना गर्ने समय मात्र आउन बाँकि रहेको छ । 

मतगणना स्थल साघुरो भएकोले मतगणना दुइ समूहमा गनिने भएको छ । दल तथा उम्मेद्धारका प्रतिनिधिहरु पनि थोरै सँख्यमा राखिने र चुइगम,गुठ्का,सूर्ति,पान,लागयत ज्वलनशिल कुनै पनि बस्तस मतदान स्थलामा लिन नपाइने र सुरक्षाले चेकजाँच गर्ने मूख्य निवाृचन अधिकृतले जानकारि दिए । छोटो सौच बाहेक अन्य कुनै पनि कार्य मतगणना स्थलको नजिकै नरहेको पनि ज्ञवालीले बताए । उनका अनुसार बाहिरा जादा र आउदा पालैपालो हुने र कडा सुरक्षा चेकजाँचबाट मात्रै प्रतिनिधि तथा कर्मचारिले मतगणना स्थलमा बस्न पाउने बताए । 

प्रतिनिधिसभा,प्रदेशसभा र दुबै सभाका लागि समानुपातिक गरि ३ वटा मतपेटिका रहेका छन । डोल्पा जिल्लामा ६६ वटा मतदान केन्द्रका १ सय ९८ वटा मतपेटिका २१ गते बुलकाबाट गणना गरिने भएका छन । 

मँसिर २१ गते बेलुका ५ बजे पछि देखि हुने मतगणनामा बिभिन्न राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यामका सञ्चारकर्मिलाइ अनुमति पत्र (प्रेस पास) को ब्यवस्था मूख्य निर्वाचन अधिकृतको कायालयले उपलब्ध गराउने भएको छ । सञ्चारकर्मिले मतदान स्थलमा १० देखि १५ मिनेट सम्म बस्न पाउने र भिडियो तथा फोटो मतपत्रको कुनै पनि चिन्ह् नदेनिे गरि खिच्न अनुमति दिने मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । 

बिभिन्न सञ्चार माध्याममा काम गर्ने श्रमजिवी पत्रकारहरुलाइ काम गर्ने सञ्चार माध्याम र एक प्रति फोटो सहित नामावलि महाँसघले सिफारिस गर्र्ने नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङले बताए । 

मँसिर २१ गते हुने मतगणनामा जति सक्दो सहजता गरि सुचना प्रबाह गरिदिन सञ्चारकर्मिलाइ अनुरोध गरेकोले २१ गते बिहान सम्म सबै सञ्चारकर्मिलाइ आफनो फोटो र सञ्चारमाध्यामको नाम बुझाउन नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाले सुचना जारि गरेको छ । पे्रस पास नभएका सञ्चारकर्मीले मतदान स्थलमा जान पाउने छैनन । 

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like