अछाममा शान्तिपुर्ण रुपमा मतदान सुरु, एमाले रावलले उपाध्यक्षले गरे मतदान

दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव अन्तर्गत अछाम मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि अछामका १ सय ९७ मतदानकेन्द्रमा मतदान प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभयो ।

जिल्लाभर शान्तपुर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यलय अछामले जानकारी दिएको छ । यसैबिच नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले बिहान ७ बजे मतदान गर्नुभएको छ ।

अछामको साफेबगर नगरपालिका–६ मा रहेको सूर्योदय प्रावि मतदान केन्द्रबाट भोट हाल्नुभएको अछामका पत्रकार एकेन्द्र महतोले जानकारी दिनुभयो ।

 

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like