काश्मिरमा तनाव कायमै, कडा सुरक्षाबीच पनि गोली हानाहान

काश्मिर- भारत नियन्त्रित काश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको छ।

लस्कर ए तोइबा नामक आतङ्ककारी समूहका तीन सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था गएको हप्ता दिनभन्दा लामो समयदेखि कडा बनाइएको थियो। तर बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा यहाँका सशस्त्र लडाकु र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ।

सधैंजसो अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्ता दिनदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या खटाइएको थियो।

गत हप्ता मात्र सोही क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए। अर्ध सैन्यबल र ती आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन्।

भारतीय सहर मुम्बईमा सन् २००८ मा भएको आक्रमणमा पनि लस्कर ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले जनाउँदै आएको छ।

यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सयभन्दा बढी घाइते भएका थिए।रासस/एएफपी

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like