मुगुबाट नेपालगञ्ज जादैँ गरेको जिप कालिकोटमा दुर्घटना, ३ को मृत्यु, ६ घाइते

मुगु । मुगुबाट नेपालगञ्जका लागी छुटेको जिप कालिकोटमा दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । हिजो रात्ति साढे १० बजे कालिकोट सदरमुकाममा रहेको जिल्ला अस्पताल नजिकै लु २ च २००३ नम्बरको गाडी दुर्घटना भएको थियो । दुर्घटनामा परि मृत्युहुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ मा बस्ने ४६ बर्षिय नरबिक्रम मल्ल, सोरु गाउँपालिकाको वडा नम्बर १० बस्ने जयरुप बुमी र जुम्लाको चन्दननाथ नगरपालिका १४ बस्ने यदुराज न्यौपाने रहेका छन् ।

दुर्घटनामा ६ जना घाईत भएका छन् घाईतेहरुमा बिष्णराज धामी, शिवलक्ष्मि रावल, किसिम कार्की, शन्त बहादुर शाही, मायालक्ष्मी मल्ल र गाडी चालक ईन्द्र प्रसाद थारु रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like