लागु औषध चरेस सहित एक जना पक्राउ

सुर्खेत: सुर्खेतको इलाका प्रहरी कार्यालय छिन्चुले लागु औषध चरेस सहित एक जनालाई प्रक्राउ गरेको जनाएको छ । चेक जाँचको क्रममा आइतबार दिउँसो ६ किलो २ सय ५० ग्राम चरेस सहित नेपालगंज उप–महानगरपालिका –३ राँझाका सुर्य शाहलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाटोमा हिडिरहेको बेला शंका लागेर चेकजाँच गर्दा शाहको झोलाबाट चरेस बरामद भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरिक्षक मधुसुधन न्यौपानेले बताउनुभयो । शाहलाई इलाका प्रहरी कार्यालय छिन्चुमै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको न्यौपानेले बताउनुभयो ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like