कालिकोटका सबै मतपेटिका सदरमुकाम ल्याइदै

कालिकोट – कालिकोटका अति संवेदनशिल मतदान केन्द्रबाट सोमबार नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइने भएको छ । सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका सदरमुकाम मान्म पुर्याइएको छ ।

शनिबार राति भिडन्त भएको मुम्रा स्थित ठिगेल्नी मतदान केन्द्र, माल्कोट स्थित नन्दादेवी मावि सेरापाटा र शान्ति आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका आइतबार बेलुकी नै हेलिकोप्टरबाट मान्म ल्याइएको छ भने अन्य ठाउँका मतपेटिका सोमबार नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याउने काम भइरहेको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like