जनार्दन शर्मा भन्छनः परिणाम नअाउँदै कांग्रेस पराजित भइसक्याे

दाङ । नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री जनार्दन शर्माले नेपाली कांग्रेसले पराजयको पीडा भोगिसकेको बताए ।

रुकुमको एक निर्वाचन केन्द्रमा कांग्रेसका एजेण्टले मतपेटिकामा एसिड खन्याएर आगो लगाएको विषयलाई संकेत गर्दै नेता शर्माले परिणाम नआउँदै कांग्रेसले पराजयको पीडा भोगिरहेको बताए ।

दाङको तुलसीपुरमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको सयुक्त पत्रकार सम्मेलनमा शर्माले कांग्रेसले अराजनैतिक नियतका साथ बोलीरहेको बताए । वाम गठबन्धनपछि देशमा कम्युनिष्टको सरकार आए रुन पनि पाईदैन, अभिनायकवाद भित्रिन्छ भन्नु कांग्रेसले अधिनायकवादको अर्थ थाहा नभएर बोलेको टिप्पणी गरे ।

कम्युनिष्टको सरकारले जनतालाई रुन पर्ने कुनै कारण नदिने भन्दै उनले बहुमतबाट बनेको सरकार कसरी अभिनायकबादी हुन्छ भनेर प्रश्न गरे । नागरिकहरुको अधिकारलाई दरबारमा लगेर बुझाउनेहरुले नै अहिले जनतालाई भ्रममा पार्दे हिडेको आरोप लगाए ।

अहिले जनताहरुले राजनीतिक स्थिरता चाहेको भन्दै नेता प्रभाकरले अस्थिरता चाहनेहरु तर्सिरहेको बताए । पहिलो चरणको निर्वाचन र आगामी निर्वाचनका लागि मतदाताहरु उत्साहित हुँदै गएको बताउदै शर्माले भने ‘वाम एकतापछि देशमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुरक्षित समाजको निर्माण हुन्छ ।’

यि खबरहरु पनी पढ्नुहोसः
बिना मगर भन्छिन्ः कांग्रेसको पैसा, साडी र रक्सीमा मतदाता बिक्दैनन्
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
कम्युनिष्टले बहुमत ल्याए कहिल्यै चुनाव नै गर्दैनन् : प्रधानमन्त्री देउवा

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like