हुम्लाको मेखला गाउँमा ‘नो भोट’

हुम्ला: हुम्लाको चंखेली गाउँपालिका ३ मेखलाका बासिन्दाले कसैलाई पनि भोट हालेनन् । वडा विभाजनका क्रममा आफूहरु माथि अन्याय भएको भन्दै मेखलाका बासिन्दाले कसैलाई भोट नहाल्ने निर्णय गरेपछि रारा आधारभूत विद्यालय मतदान केन्द्रमा एउटा पनि मत खसेन ।

चंखेली गाउँपालिका ३ मेखलाका बासिन्दाले भौगोलिक हिसाबले ठूलो क्षेत्र भएकाले मेखलालाई छुट्टै वडा कायम गर्न माग गरेका थिए । चङखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मतदान केन्द्रमा ११९ मतदाता छन् । अरु मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिं धामीले जानकारी दिनुभयो ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like