इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा

इण्डोनेसिया: इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा देखिएपछि त्यसको साढे ७ किलोमिटर ’roundसम्मको बस्ती खाली गर्न सूचना जारी गरिएको छ । बाली टापुमा रहेको माउण्ट अगुङ ज्वालामुखिबाट चार हजार मिटरमाथिसम्म खरानी उडेपछि इण्डोनेसियाको विपद व्यवस्थापन विभागले यस्तो सूचना जारी गरेको हो ।

एक हप्तामा दुई पटक उस्तै घटना भएपछि विमान कम्पनीलाई पनि सचेत गराइएको छ । ज्वालामुखीबाट उडेको खरानीले ढाकेको बादल लोम्बोक टापु र मुख्य अन्तर्राष्ट्रिय हवाई अड्डातर्फ उडिरहेको भन्दै त्यहाँका उडान रद्ध गरिएको बिबिसीले जनाएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like