हुम्लामा मतदाता नआएपछि कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसे

हुम्ला । हुम्लाको एक मतदान केन्द्रमा मतदाता भोट हाल्न नआएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । चंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन ।

११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट स्थानीय विज्ञप्ति सार्वजनिक गर्दै मतदानस्थलमा नगएका हुन् । उक्त मतदान केन्द्र सदरमुकामबाट ४० कोस टाढा पर्छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like