पृथ्वीमा रात हराउँदै

एजेन्सी: कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै गएको र हरेक वर्ष यो क्रम बढ्दो रहेको अनुसन्धानमा संलग्न जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सका अनुसन्धानकर्ताले बताएका छन् ।

रातको समयमा स्याटेलाइटबाट लिइएका पृथ्वीको विभिन्न तस्बिरको अध्ययनबाट कृत्रिम प्रकाशका कारण रात कम हुँदै गएको देखिएको हो । सन् २०१२ देखि २०१६ को बिचमा गरिएको अध्ययन अनुसार हरेक वर्ष पृथ्वीको बाहिरी भागमा कृत्रिम उज्यालो दुई प्रतिशतले वृद्धि भइरहेको छ । वैज्ञानिकहरुले भनेका छन्, रात हराउँदै जाँदा धेरै देशमा मानव, जीवजन्तु तथा वनस्पतिमा नकारात्मक असर पारिरहेको छ ।

अमेरिकी अन्तरिक्ष नियोग नाशाको स्याटेलाइट रेडियोमिटरबाट लिइएका तस्बिरको अध्ययनबाट अमेरिका तथा स्पेन विश्वका सबैभन्दा उज्याला देशका रुपमा देखिएका छन् । रातको समयमा प्रकाशको मात्रा मापन गर्न सक्ने प्रविधिसहितको रेडियोमिटरबाट लिइएका तस्बिर अनुसार दक्षिण अमेरिकाका धेरै देश, अफ्रिका तथा एसियाका देशमा पनि उज्यालोको मात्रा हरेक वर्ष बढ्दै गइरहेको छ । भारत पनि २०१२ देखि २०१६ को अवधिमा उज्यालोको मात्रा बढ्दै जाने देशमा परेको छ । तर यमन र सिरियामा भने पछिल्ला वर्ष उज्यालोको मात्रा कम रहेको अध्ययनले देखाएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like