पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नु पर्ने बताएका छन् ।

एमाले एक्लैले महानगर जितेको स्मरण गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिल्दा फेरि कतै विजुलो उम्किएर आयो भने लाज हुँदैन हामीलाई । कोही पनि आउनु हुँदैन । नौ का नौ वामपन्थी गठबन्धन आउनुपर्छ ।

ओलीले अघि थपे, ‘कास्कीका जनताले अब गाउँखाने कथामा जस्तै भनिदिनुपर्छ, कास्की जिल्लाको सेरोफेरो सबै हाम्रो । अन्त कहाँ कहाँ खोज्न पर्छ खोज ।’

झण्डै आधा घन्टा लामो भाषण गरेका एमाले अध्यक्ष ओलीले चुनावपछि वामपन्थी सरकार बन्ने र केरुङबाट काठमाडौंसम्म आउने रेललाई पोखरा ल्याइने बताए । उनले अघि भने, ‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन । ‘

एमाले अध्यक्ष ओलीले पुसपछि मुलुकमा नेपाली कांग्रेस नेतृत्वको सरकार नरहने बताए ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like