क्रियाशिल पत्रकार मंच जुम्लाको अध्यक्षमा जैशी र्निविरोध

जुम्ला । क्रियाशिल पत्रकार मन्च नेपाल शाखा जुम्लाको अध्यक्षमा नन्दराम जैशी र्निविरोध चयन हुनु भएको छ । जुम्लामा शुक्रबार सम्पन्न मंन्चको प्रथम जिल्ला अधिबेशन बाट जैशीलाई अध्यक्षमा र्निविरोध चयन गरिएको हो । समृद्ध प्रदेशको आधारशिला, विकासका लागि पत्रकाकारिता भन्ने नाराका साथ जुम्लामा सम्पन्न प्रथम अधिबेशनले चौथो शाखाका रुपमा क्रियाशिल पत्रकार मंचको शाखा जुम्लामा गठन गरिएको छ ।

जसको उपाध्यक्षमा रेडियो नारी आवाजका पत्रकार दिलामाया शाहि, सचिवमा रेडियो खुल्ला आकाशका सरिता पराजुली, सचिवमा रेडियो कर्णालीका हरिकृष्ण महत, कोषाध्यक्षमा रेडियो माउन्टेनका सागर परियार चयन भएका छन् ।

सदस्यमा माउन्टेन टुडे दैनिक जुम्लाका कार्यकारी सम्पादक मानदत्त रावल, र शुभाकर विश्वकर्मा सदस्यमा चयन भएको निनिर्वाचित अध्यक्ष नन्दराम जैशीले जानकारी दिए । उनका अनुसार क्रियाशिल पत्रकार मंचका विशुद्ध जुम्ली पत्रकारहरको क्षामता विकास तथा हक हितका लागि काम गर्ने छ ।

जिल्ला स्थित सम्पुर्ण सरोकारवालाहरु संग समन्वय तथा सहकार्य गरी श्रमजीवि पत्रकारहरुको हितका ’boutमा काम गर्ने अध्यक्ष जैशीले बताए । निर्वाचित अध्यक्ष नन्दराम जैशी माउन्ेटन रेडियो जुम्लाका कार्यक्रम संयोजक, नेपाल समाचार पत्र जुम्लामा संबाददाता र साझा सबाल अनलाईन जुम्ला संबाददाता समेत हुनुहुन्छ । विगत ५ वर्ष देखि जुम्लामा पत्रकारिता पेशामा आबद्ध हुनुहुन्छ ।

प्रथम जिल्ला अधिबेशनको अबसरमा पत्रकार महासंघ केन्द्रिय सदस्य पुर्णप्रसाद चौलागाँईले जुम्लाको पत्रकारितालाई प्रभावकारी बनाउन क्रियाशिल पत्रकार मंचको महत्वपुर्ण भुमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकारहरुको प्रेश कार्ड उपलब्ध तथा बिमा देदि अन्य सेवा सुविधमा भईरहेको अन्यौलतालाई कम गर्न समन्वय तथा सहकार्य गरी क्रियाशिल पत्रकार मंचले काम गर्नुपर्नेमा केन्द्रिय सदस्य चौलागाईले जोड दिए ।

यता क्रियाशिल पत्रकार मंचका केन्द्रिय अध्यक्ष ललित बुढाले विगत २०६७ साल देखि क्रिया पत्रकार मंचले समग्र पत्रकाहरुको क्षामता विकास तथा शसक्तिकरणका क्षेत्रमा काम गर्दै आएको बताए ।

उनले चौथो जिल्ला शाखाका रुपमा जुम्लामा स्थापना भएको शाखाले जुम्लाको पत्रकारितालाई क्षामतावान बनाउन विशेष भुमिका खेल्ने बताए । अझै पत्रकारहरुको बौद्धिक विकास आबश्यकता अनुसार हुन नसंक्दा धेरै चुनौतीको सामाना गर्नु परेको छ । उहाले भन्नुभयो, अब जीवन जिउने आधार पत्रकारितालाई बनाउन क्रियाशिल पत्रकार मंचले विभिन्न माध्यमबाट सिकाउने अध्यक्ष बुढाले बताए ।

पत्रकार महासंघका जुम्लाका उपाध्यक्ष नेत्र शाहिले कमीकमजोरी सच्याउदै जुम्लाको विकासका लागि पत्रकारहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए । क्रियाशिल पत्रकार मंचले गर्ने रहेक गतिविधिमा सहयात्रीको रुपमा महासंघले सहयोग समथृन गर्ने उनको भनाई छ ।

प्रेश सेन्टरका केन्द्रिय सदस्य नरेश भण्डारीले क्रियाशिल पत्रकार मंच जुम्लाको विसंगीलाई पर्दाफास गर्ने माध्यमको रुपमा काम गर्न शुभकामना दिए । भने रेडियो कर्णालीका स्टेशन म्यानजर गोर्ख बहादुर थापाले पत्रकारितालाई व्यवसायीकता बनाउन व्यक्ति सक्षम हुन आबश्यक रहेको बताए ।

कार्यक्रमको समापनमा बोल्दै क्रियाशिल पत्रकार मंचका केन्द्रिय सदस्य गोविन्द देवकोटाले ६ नम्बर प्रदेशको समृदी र विकासका लागि पत्रकारहरुको कलम विना सम्भव नरहेको बताए ।

प्रदेश नं. ६ का सबै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य अनुसार जूम्लामा गठन गरिएको भन्दै जुम्लाको विकासमा क्रियाशिल पत्रकार मंचले महत्वपुर्ण भुमिका निभाउने बताए । कार्यक्रममा जिल्ला स्थित छापा तथा विद्युतिय संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको निर्वाचित सदस्य शुभाकर विश्वकर्माले जानकारी दिए ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like