जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?

काठमाडौं: प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् । नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए । कम्युनिष्ट गठबन्धनले फ्लप भएको कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै उनले भने, डरत्रासको शासन रोज्ने कि जनता मालिक बनाउने लोकतान्त्रिक व्यवस्था ?’

नयाँ संविधानले जनतालाई मालिक बनाएको तर, कम्युनिष्ट गठबन्धनले संविधान खारेज गरेर एकदलीय तानाशाही शासन लाद्न खोजेका उनको आरोप छ । देउवाले कांग्रेसको जित सुनिश्चित भइसकेको भन्दै अब यसलाई कसैले रोक्न नसक्ने बताए ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like